इलाम : नेपाली कांग्रेका महामन्त्री गगन थापा इलाम आउने भएका छन । नेपाली कांग्रेस इलाम नगरको दोस्रो नगर सम्मेलनको लागि भदौ २ गते आउने भएका हुन ।
थापा सम्मेलनको प्रमुख अथितिको रुपमा आउने भएको नेपाली कांग्रेसका इलाम नगर कार्यसमिति सभापति तिर्थ गुरुङले बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका सम्पूर्ण तह, जिल्ला,क्षेत्र, प्रदेश नगर, गाउँ वडा र टोल कार्यसमितिबाट प्रतिनिधि तथा पदाधिकारी महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरुको उपस्थिति हुने गुरुङले बताए ।
इलामको गौतम बुद्ध सभागृहमा हुने कार्यक्रममा भात्री तथा सुभेक्छुक संस्थाहरुको समेत उपस्थिति हुने बताईएको छ ।