इलाम : पत्नीलाई हत्या गरी फरार रहेका पूर्णबहादुर तामाङ पक्राउन परेका छन् । पाँचथरको हिलिहाङ गाउँपालिका-७ तम्फुवा घर भई इलामको सूर्योदय नगरपालिका-२ यसपत्री टोलमा बस्दै आएका ५० वर्षीय तामाङ बुधबार पक्राउ परेका हुन् ।
तामाङलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बुधबार मध्यान्ह १२:१० मा सूर्योदय नगरपालिका-२ स्थित लालिखर्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
तामाङलाई इलाका प्रहरी कार्यालय पशुपतिनगर इलाममा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश बजेगूले जानकारी दिए ।
तामाङले सोमबार साँझ ८ बजे सामान्य विवाद हुँदा घरेलु हतियार (बामफोक) प्रहार गरी पत्नी ४५ वर्षीय डम्बरकुमारी तामाङलाई हत्या गरेर फरार भएका थिए ।