जनकल्याण माविको पक्की भवन निर्माण

  नयाँ बुलन्द  307 पटक हेरिएको

इलाम : इलामको फाकफोकथुम गाउँपालिका-७, दोकानडाँडास्थित जनकल्याण माध्यमिक विद्यालयको चारकोठे पक्की भवन निर्माण सम्पन्न भएको छ ।

गत आर्थिक वर्ष २०७९।०८० को राष्ट्पति शैक्षिक सुधार कार्यक्रम अन्तरगत ५० लाख रुपैयाँको लागतमा भवन निर्माण भएको हो ।

भवनको औपचारिक उद्घाटन केही समयपछि गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जनु योङहाङले जानकारी दिए ।

नयाँ भवनमा बालमैत्री कक्षाकोठा,  डेक्सबेञ्च, स्मार्टबोर्ड, प्रविधि मैत्री कक्षाकोठाको व्यवस्थापन गर्ने तयारी रहेको अध्यक्ष अध्यक्ष योङहाङले जानकारी दिए ।

सो विद्यालयमा फाकफोकथुम गाउँपालिका-७ दोकानडाँडा र आसपासका क्षेत्र, तल्लो क्षेत्र रुपटार खम्वुवा, पिताम्ब्रोङ, छिमेकी २ नं. वडाको कोल्बोटे साक्तिमबाट पनि विद्यार्थी अध्ययनका लागि आउने गर्दछन् । विद्यालयमा हाल दुई सय ४० जना विद्यार्थी रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार