केचना-कञ्चन्जङ्गा सडक निर्माण कार्यले इलामको खानेपानी पाईपलाईनमा क्षति (तस्बिरहरु)

नगरलाई टेरेन सडकले

  नयाँ बुलन्द
637 Shares

इलाम : सडक बिस्तारका क्रममा लापरबाही गर्दा इलाम बजारको खानेपानीको पाईपलाईनमा क्षतिपुगेको छ ।  सदरमुकामका लागि ल्याईएको गिताङ खोलाको खानेपानीको पाईप भएको स्थानमा केचना कञ्चन्जङ्गा सडकको निर्माण कार्यले पाईपलाईनमा क्षतिपुगेको हो ।

केचना कञ्चन्जङ्गाको ११ मिटर बाटोको चौडाइ बिस्तार कार्यले  गिताङ खोलाको खाने पानीमा क्षति पु¥याए पछि इलाम सदरमुकामको केही स्थानमा  खानेपानी आपूर्ति बन्द भएको छ ।  जस्का कारण खानेपानीको समस्या भएको छ ।

यता इलाम नगरपालिकाका प्रमुख केदार थापाले सडक निर्माणकार्य गर्दा गाडिएको खानेपानीको पाईमा समस्या भएको भन्दै पटक पटक सडक डिभिजन कार्यालय इलामलाई जानकारी गराउदा समेत वास्ता नगरेको बताएका छन । उनले बिग्रिएको आयोजना बनाउन भन्दा पनि अहिले सम्म नटेरेपछि जिल्ला प्रशासन सँग पनि यो समस्या समाधानका लागि समन्वय गरिदिन आग्रह समेत गरेको बताए । प्रमुख थापाले खानेपानी समस्या समाधानका लागि सडकले बिगारेको ठाउँमा पनि नगरपालिकाले आफै प्राविधिक पठाएर काम भईरहेको जानकारी दिए ।  थापाका अनुसार अहिले खानेपानीको समस्या भएको भन्ने गुनासो आएको ठाउँमा तत्काल समस्या समाधान गर्ने गरि काम भइरहेको छ । यो सडक बिस्तार गर्दा इलाम सदरमुकामको खानेपानी पाईपलाईनमा  मात्र  असर नदेखिएर  जैविक बिबिधतामा समेत असर पर्ने देखिन्छ । लोपोन्मुख बन्यजन्तु साथै बनस्पति रहेको स्थानमा फराकिलो सडक बिस्तारले भबिस्यमा समस्या निम्तन सक्ने आवाज समेत उठ्न सुरु भएको छ ।

साना सहरीले सदरमुकामबाट करिब ३२ किलोमिटरको सन्दकपुर गाउँपालिकाको गिताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर, राते र मेवा खोलाबाट १०–१० तथा सुम्बेकको भाँडी खोलाबाट पाँच लिटर मिसाएर सदरमुकाममा पानी आपूर्ति गर्ने गरी आयोजना सुरु भएको थियो । रमण कन्स्ट्रक्सने आयोजनाको निर्माणको काम जिम्मा पाएको थियो ।

यता खानेपानी नआएको भन्दै उपभोक्ताले इलामको साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा ताला लगाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार