खाँदबारी : ररराष्ट्रिय बाल दिवस २०८० को अवसरमा अनलाइन वक्तृत्वकला प्रतियोगिता डिजिटल स्पिच नेपालको आयोजना हुने भएको छ । संखुवासभाको खाँदबारी स्थित नागरिक चासो मल्टिमिडिया प्रालिको आयोजना विश्व व्यापि अनलाइन वक्तृत्वकला प्रतियोगिता हुने भएको हो ।
२० वर्ष मुनिका बालबालिका तथा किशोर किशोरीहरुको सहभागिता हुने गरि प्रतियोगिताको आयोजना गरिएको नागरिक चासोका अध्यक्ष संयोगान्त कुलुङले बताए । बाल दिवसलाई लक्षित गरि राष्ट्र र राष्ट्रियताका विषयमा जुनसुकै स्थानबाट सहभागी हुन सकेने वहाँले बताए । विश्वभरी रहेका नेपाली भाषिहरु सहभागी हुन सक्ने छन् ।
सहभागी हुन चाहानेहरुले २० वर्ष मुनिको प्रमाणसहिहत साउन मसान्तसम्ममा ५ मेनेट सम्मको सम्पादन नगरिएको भिडियो इमेल मार्फत पठाउनुपर्ने आयोजकले जनाएको छ ।
प्राप्त भिडियोलाई भदौको १ गते नागरिक चासोको सामाजिक सञ्जालमा राखिनेछ भने भदौ २९ बाल दिवसको दिन अन्तिम नतिजा सार्वजनिक गरिने जनाएको छ । सहभागीहरुमध्ये प्रथमलाई नगद १५ हजार र प्रमाण पत्र, द्वितीय हुनेलाई नगद पाँच हजार र प्रमाण पत्र र तृतीय हुनेलाई नगद रु. २ हजार र प्रमाण पत्र प्रदान गरिने छ ।
चर्चित सामाजिक सञ्जाल फेसबुक पेज शिक्षा सामाजिक सञ्जाल पार्टर रहेको प्रतियोगीताको निर्णाययक सार्वजनिक गरिएको छैन । डिजिटल माध्यमबाट माध्यमिक तहसम्म अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरिएको छ ।
घरैमा बसेर मोवाइल फोन मार्फन नै भिडियो खिचेल वाक कला प्रस्तुत गरेर सहभागी हुन सकिने यो कार्यक्रमले धेरैको प्रतिभा उजागर गर्ने विश्वास रहेको आयोजकले जनाएको छ ।