इलाम नगरपालिकाको पहलमा इलाम चियाबगानमा पुनः चिया रोपण कार्य शुरु

इलाम : इलाम नगरपालिकाको पहलमा इलाम सदरमुकामको चियाबगानमा पुनः चियाको बिरव रोप्ने कार्य शुरु भएको छ ।
नेपालको इतिहासमा आज भन्दा १६० वर्ष अघि अर्थात वि.सं.१९२० सालमा प्रथम राणा प्रधानमन्त्री जंगबहादुरका ज्वाई गजराज सिंह थापाले इलाममा चियाको बिरुवा रोपेका थिए ।

इलाम सदरमुकाममा चिया रोपणको लामो समयपछि चियाको बोटहरु मरेर खाली भएको जमीनले चियाबारीको सौन्दर्य समेतलाई असर परिरहेको थियो ।

यसै विषयलाई मध्यनजर गरेर इलाम नगरपालिकाको अनुरोधलाई स्विकार गर्दै नेपाल चिया विकास निगमले लिजमा दिएको कम्पनीले खाली भएको जमीनहरुमा पुरानै जातको चियाको करिब ७ हजार विरुवा रोप्ने कार्यको आजबाट शुरुवात भएको इलाम नगर प्रमुख केदार थापाले नयाँ बुलन्दलाई बताए । थापाले भने ,” चिया रोप्ने सुरुवात भएको छ यसले खन्डहर बन्दै गएको चियाबगानलाई  पहिलेकै अवस्थामा फर्काउने छ । “

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार