सन्दकपुर गाउँपालिकाबाट पारित नीति तथा कार्यक्रम र बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

इलाम : इलामको सन्दकपुर गाउँपालिकाको आर्थिक वर्ष २०८०।०८१ का लागि पारित नीति तथा कार्यक्रम र बजेट सार्वजनिक भएको छ ।

सन्दकपुर गाउँपालिकाको १३ औं गाउँअधिवेशनबाट पारित नीति तथा कार्यक्रम र बजेट सार्वजनिक भएको हो । सोमबार आयोजित कार्यक्रममा ४० करोड ५५ लाख तीन हजार तीन सय २२ रुपैयाँको बजेट सार्वजनिक भएको हो ।

सन्दकपुर गाउँपालिकाले आर्थिक विकासमा आठ करोड ३५ लाख ५८ हजार आठ सय ६२ रुपैयाँ, सामाजिक विकासमा १८ करोड नौ लाख ६७ हजार चार सय ९३ रुपैयाँ, पूर्वाधार विकासमा पाँच करोड ७६ लाख ४८ हजार ९७ रुपैयाँ र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा एक करोड ५१ लाख ६२ हजार दुई सय ६८ रुपैयाँ विनियोजन गरेको छ  । त्यसैगरी प्रशासनिक खर्चमा ५ करोड ८१ लाख ६६ हजार छ सय रुपैयाँ विनियोजन गरेको छ ।

सन्दकपुर गाउँपालिकाले आम्दानीका श्रोतका रुपमा अल्याबाट ५७ लाख ४० हजार ७८ रुपैयाँ र आन्तरिक आम्दानीबाट एक करोड ५७ लाख नौ हजार नौ सय २१ रुपैयाँ अनुमानित आय पारित गरेको छ । त्यसैगरी संघीय सरकार समानीकरण अनुदानबाट आठ करोड १२ लाख रुपैयाँ, प्रदेश सरकार समानीकरण अनुदानबाट ४८ लाख एक हजार रुपैयाँ, संघीय सरकार राजस्व बाँडफाँडबाट सात करोड ५९ लाख ५९ हजार तीन सय २२ रुपैयाँ, प्रदेश सरकार राजस्व सवारी साधान कर बाँडफाँडबाट ४५ लाख ९४ हजार रुपैयाँ अनुमानित आय पारित गरेको छ ।

त्यसैगरी प्रदेश सरकार समपूरक अनुदान चालु एक करोड, संघीय सरकार सशर्त अनुदान चालु चार करोड ६७ लाख रुपैयाँ, प्रदेश सरकार सशर्त अनुदान एक करोड ३० लाख ९९ हजार रुपैयाँ, संघीय सरकार समपुरक अनुदान चालु ५० लाख र संघीय सरकार विशेष अनुदान चालु ५० लाख अनुमानित आय पारित गरेको छ ।

सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष गुरुङले नीति तथा कार्यक्रम र बजेट पुस्तिका सार्वजनिक गरे । कार्यक्रममा अध्यक्ष गुरुङ, उपाध्यक्ष हरीबहादुर लुङ्गेली, प्रमुख प्रशासकीय अधिकृत महेश राई, जिल्ला समन्वय समिति सदस्य सीता कार्की, १ नं. वडा अध्यक्ष एवम् प्रवक्ता रहरकुमार राई, नेपाली कांग्रेस इलामका सहसचिव देवेन्द्र सुवेदी, नेकपा एमाले सन्दकपुर अध्यक्ष गिरीराज खनाल, नेकपा माओवादी केन्द्रका जीवन शिवा, नेकपा एकीकृत समाजवादीका नेत्र पराजुली, राप्रपाकी पुण्यप्रभा भट्टराई, नेपाल आदिवासी जनजाति महासंघ सन्दकपुर अध्यक्ष रुपेन नेम्बाङ, देउराली बजार व्यवस्थापन समिति पूर्व अध्यक्ष प्रेम नाछिरिङ, नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराई, स्थानीय समाजसेवी नेत्रप्रसाद रिजाललगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा वक्ताहरुले सन्दकपुर गाउँपालिकाको समग्र विकासका लागि जनप्रतिनिधि, कर्मचारी, सबै राजनीतिक दल र सरोकारवालाहरु एक भएर अघि बढ्नुपर्नेमा जोड दिए । वक्ताहरुले सन्दकपुर गाउँपालिकाको विकास र समृद्धिका लागि आआफ्नो क्षेत्रबाट योगदान गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा आर्थिक वर्ष २०७९।०८० मा संचालन भएका योजनाहरु उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ  ।

कार्यक्रमको संचालन आर्थिक प्रशासन शाखा प्रमुख युवराज नेपालले गरेका थिए ।

बजेटको पूर्ण पाठ हेर्नुहोस् :

सन्दकपुर गाउँपालिकाको आर्थिक वर्ष २०८०।०८१ को बजेट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार