विर्तामोडका व्यवसायी पंकज अग्रवाल करोडौं रुपैंया झुक्याएर फरार

  नयाँ बुलन्द
54.5k Shares

 

इलामः विर्तामोड नगरपालिका ५ नम्बर वडास्थित बोलबम पेट्रोलपम्प नजिकै व्यवसाय गर्दै आएका पंकज अग्रवाल करोडौं रुपैंया झुक्याएर फरार भएका छन् ।

विगत लामो समयदेखि पंकज भण्डार (चामल मण्डी) संचालन गरेर झापा,इलाम,पाँचथर,ताप्लेजुङलगायतका क्षेत्रमा सामान पठाउँदै मोटो कारोबार गरेका अग्रवालले केही समयको लागि चलाउन भन्दै विभिन्न मानिसबाट लिएको रकम ठगी गरि फरार भएको पाँचथरको हिलिहाङ गाउँपालिकाको जोरपोखरी बजारमा व्यवसाय गदै आएका पीडित लोकेन्द्र सुब्बाले जानकारी दिए । हालसम्म ठगीमा परेका मानिसहरु इलामको देउमाइ नगरपालिका १ राँके निवासी गोविन्द लामिछाने र नेत्र लामिछाने,अग्रवालले विर्तामोडमा गोदाम राखेका घरमालिक गनबहादुर तामाङ,विर्तामोड निवासी प्रकाश बोहोरा,कुमार श्रेष्ठ,लोकेन्द्र बोहोरा,रन्जिता लिम्बु,पाँचथरको कुम्मायक गाउँपालिकाका भिम बिक्रम सम्बाहाम्फे,इलामको फाकफोकथुम गाउँपालिका युद्धबहादुर बोहोरा,टुन्नबहादुर निरौला,गणेश बहादुर निरौला,हिलिहाङ गाउँपालिका ३ गोपेटारका मेघराज कटुवाल(महेश),याङ्वरक गाउँपालिका थर्पु निवासी खेम न्यौपानेलगायत अन्य धेरैलाई दुई लाखदेखि ४० लाखसम्म प्रति व्यक्ति सापटी लिएर वेपत्ता भएका छन् ।

बाजे तिलक चन्द अग्रवाल र बुबा प्रेमचन्द अग्रवालका छोरा वर्ष ४३ का पंकज अग्रवालले साविक अनारमनी ३ विर्तामोड हालको विर्तामोड नगरपालिका वडा नम्बर ५ झापाबाट ना.प्र.न. ०४-०१-६९-१०९५३ को नागरिकताको आधारमा विभिन्न बैंकमा खाता र पंकज भण्डार संचालन गरेको प्रमाण पुष्टि भएको छ ।

उनी कसरी फरार भए ?

वेष्ट बंगाल सिलिगुडी नजिकै रायजञ्ज इण्डियामा भएको घरजग्गा बिक्री गरेर पैसा ल्याउने र दिने भन्दै अधिकाँश व्यापारी,चामल मिल तथा अन्य मानिसलाई विभिन्न प्रलोभन देखाई पैसा झुक्याएको पिडितको गुनासो छ । कसैबाट विना कागजात नगद रुपैंया,चेक, त कतिपयको अलैची र चामल भाउ काट्नु भन्दै पैसा लिएर असार १ गतेदेखि सम्पर्क विहिन भएका हुन् । उनको पसलमा काम गर्ने कामदारलाई छोडेको र गोदाममा सामान पनि केही नभएको कामदार दिलीप उप्रेतीले बताए । एक/दुई महिना अघि उनले प्रयोग गर्दै आएको ९८१७९५३६०७ मोबाइल नम्बर उनका बुबा प्रेमचन्द अग्रवालले उठाउने गरेको र छोरा सिलिगुडी गएको छ भन्दै वहाना बनाएर पिडितहरुलाई ढाँट्ने गरेकोले उक्त ठगीमा बुबाकोसमेत मिलेमतोमा मानिसहरुलाई झुक्याउने गरेको पिडितको दावी छ । उनले प्रयोग गरेको फस्बुक आइडी समेत डिएक्टिभेट गरेका छन् । २०६२ सालदेखि विर्तामोडको कन्काइ रोड नजिकै देवि माविको पूर्व पट्टी गजुरमुखी टोलस्थित देवी बहादुर लिम्बुको घरमा एक फल्याट भाडामा लिएर उनका बुबा प्रेमचन्द अग्रवाल,आमा विद्यादेवी अग्रवाल र श्रीमती रन्जिता मण्डल अग्रवालसहित उनका दुई छोरी बस्दै आएको घरबेटी लिम्बुको बुहारी सोही घरमा बस्ने रन्जिता लिम्बुले जानकारी दिइन् ।

हाल उनको पसल बस्द रहेको साथै बस्दै आएको घरमा परिवारका कोही पनि सदस्य नरहेकोले ठगी गरि फरारको आशंकामा पिडिहरु खोजी गर्न सम्बन्धीत निकाय र संचार माध्यममा गुहार मागिरहेका छन् । उनलाई झापाको विर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडमा ठगी सम्बन्धी उजुरी दिने तयारी गरिरहेको पिडित प्रकाश बोहोराले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार