इलाम : गएको साउन आठ गते भएको इलाम बजार अनुगममा अन्लि फर हस्पिटल सप्लाई (only for hospital supply) उल्लेख भएको औषधी प्रयोग गर्ने मेडिकल र डेन्टललाई दुई दुईलाख रुपैयाँ जरिवाना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद कोइराललाको नेतृत्वमा भएको अनुगमन टोलिले दुर्गा मेडिकलहल र माईपोखरी डेन्टलमा only for hospital supply उल्लेख भएको बेटाडिन भेटाएको थियो । आइतबार कोईरालाको नेतृत्वमा स्वास्थ्य कार्यालय, इलाम नगरपालिका स्वास्थ्य शाखा, घरेलु कार्यालय, जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलिले जरिमानाको लागि सात दिनको म्याद दिँदै पसलमै पुगेर पत्र दिएका छन ।
उपभोक्ता मूल्य नरहेको उक्त औषधीमा जति पनि मूल्यमा बेचविखन हुने र यस्तो कार्य उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा १६ (२) क बमोजिम क्रियाकलाग भएको हुँदा उक्त ऐनको दफा ३८ (ङ) को कसुरमा दफा ३९ (१) ख बमोजिम दुईलाख रुपैया जरिवाना गरिएको सहायक प्रजिअ कोईरालाले बताए ।