झापा : झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले कार्यालयको क्वार्टरभित्रै अनैतिक हर्कत गरेको भिडियो बाहिरिएपछि उनले भिडियोमा देखिएको कोठामा रङरोगन गर्न लगाएका छन् ।
उनले प्रमाण नष्ट गर्न आफ्नो बेड रुममा रङाइएको हरियो रङमा पहेला (गेरु) रङ लगाएका हुन् । पहिलो पटक रङ कोडिङ गर्दा पहिलोको हरियो रङ पनि हल्का देखिएको छ ।
भिडियोमा देखिएको एसीले भने कोठा नगरकै क्वार्टर भएको पुष्टि गर्छ । क्वार्टरभित्रै ‘गर्ल फ्रेन्ड’ राखेर अनैतिक गतिविधि गर्दै आएका उनको भिडियो टिकटक लाइभमार्फत बाहिरिएको थियो ।
गल्ती ढाकछोप गर्न प्रमुख प्रशासकीय अधिकृत निरौलाले नगरकै बजेट दुरुपयोग गरेर क्वार्टरमा रङरोगन गरेर प्रमाण नष्ट गर्न सुरु गरेका हुन् ।
भिडियोमा देखिएको कोठा नगरको क्वार्टर नभई काठमाडौंको एक होटल भएको दाबी गर्दै आएका निरौलाले क्वार्टर नभएको पुष्टि गर्न रङरोगन गरेका हुन् ।
रातारात क्वार्टरमा रङरोगन किन गर्नुभएको ? भन्ने प्रश्नमा निरौलाले नियमित सरसफाई अन्तर्गत कोठाको रङरोगन गरिएको दाबी गरे ।
अधिकृतको क्वार्टरमा मदिरा सेवन गरी लठ्ठ भएकी महिलाले आफ्नो टिकटक लाइभमै निरौलासँग अनैतिक गतिविधि सार्वजनिक भएको थियो ।
नगर प्रमुख रामकुमार थापाले घटनाबारे नबोल्ने भन्दै पन्छिए