इलाम : सूर्याेदय नगरपालिका–४, अन्तुभञ्ज्याङको एक होटलमा हेटौंडाबाट आएका व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएका छन्। हेटौंडा उपमहानगरपालिकाका सवारी चालकसमेत रहेका ५० वर्षे सञ्जु लोप्चन तामाङ अन्तुभञ्ज्याङको एक होटलमा मृत फेला परेको प्रहरीले जनाएको छ।
उपमहानगरका ८ कर्मचारीको टोलीसहित आएका उनी गएराति करिब ११ बजेतिर साथीहरूसँगै सुतेका थिए। बिहान साढे ५ बजेतिर अरू साथीहरू उठेर उनलाई उठाउन खोज्दा मृत फेला परेको पशुुपतिनगर इलाका प्रहरीका इन्स्पेक्टर सन्तोष राईले जानकारी दिए।
उनको मृत्युको कारणबारे खुल्न नसकेको र मृतकका आफन्त आएपछिमात्रै थप कानुनी प्रक्रिया सुरु गरिने इन्स्पेक्टर राईले जानकारी दिए। नागरिक बाट