पार्किङ व्यवस्थापन गर्दै इलाम नगरपालिका

  नयाँ बुलन्द
798 Shares

इलाम : इलाम नगरपालिकाले बजार क्षेत्रमा पार्किङ व्यवस्थापन गर्ने भएको छ । नगरपालिकामा शनिबार भएको सरोकारवालाहरुसँगको छलफलले बजार क्षेत्रमा पार्किङको सम्भाव्यता सम्बन्धी छलफल गर्न ११ सदस्यीय समिति गठन गरेको छ ।

इलाम नगरपालिका-६ का वडा अध्यक्ष दुर्गा श्रेष्ठ (मदन) को संयोजकत्वमा समिति गठन भएको हो । समितिका सदस्यहरुमा वडा नं. ७ का वडा सदस्य वीरेन्द्रकुमार देवान, नगरपालिकाका कर्मचारी प्रेम दियालीसहित सरोकारवाला संस्थाहरुलाई पदेन सदस्यमा राखिएको छ ।

समितिमा ट्राफिक प्रहरी, इलाम नगर प्रहरी, इलाम उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, होटल एसोसिएसन, पूर्वेली जीप तथा ट्याक्सी यातायात सेवा प्रालि, पूर्वाञ्चल ट्याक्सी यातायात सेवा प्रालि रहेका छन् ।

समितिले पार्किङ व्यवस्थापनका लागि सम्भाव्य क्षेत्रहरुको अध्ययन गरी नगरपालिकामा प्रतिवेदन पेश गर्नेछ । प्रतिवेदनको आधारमा नगरपालिकाले थप निर्णय गरेर अघि बढ्ने नगरप्रमुख केदार थापाले बताए ।

छलफल कार्यक्रममा नगरप्रमुख थापासहित उपप्रमुख विष्णुकुमारी लिम्बू दाहाल, प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्कासहित सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार