चुलाचुली : इलामको चुलाचुली गाउँपालिका-२ मा कटान रोक्न बाँस पाइलिङ गर्ने काम सम्पन्न भएको छ ।
चुलाचुली गाउँपालिका-२ बुडिझोला टोल छथरे गाउँमा बाँसको पाइलिङ गर्ने काम सम्पन्न भएको हो । वडा नं. २ का वडाअध्यक्ष लक्ष्वण श्रेष्ठको नेतृत्व र आम उपभोक्ताको सहयोगमा बाँस पाइलिङ तटबन्धन गरिएको वडा सदस्य मैतबहादुर राईले जानकारी दिए ।