पाटेनागीमा विभिन्न जातका गुराँसका बिरुवा रोपण


पाटेनागी :  इलाम नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य पाटेनागीमा गुराँसका बिरुवाको वृक्षारोपण अभियान शुरु भएको छ । हिमाली दृश्य, लेकाली जिवनशैली र जैविक विविधताले ढाकिएको पाटेनागीमा मासिँदै गएको गुराँसको संरक्षण गर्ने उदेश्यले वृक्षारोपण अभियानको काम शुरु भएको हो ।

इलाम नगरपालिका नगर कार्यापालिकाको आयोजना र पाटेनागी पर्यटन प्रवद्र्धन विकास समितिको सहयोगमा गुराँसका विरुवाको रोपण गरिएको छ ।

जिल्ला समन्वय समिति प्रमुख जयप्रकास राई, इलाम नगरपालिका प्रमुख केदार थापा, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, नेपाल प्रहरीका प्रमुख दिलिप घिमिरे, नेपाली सेना गणिथुम्की ब्यारेकका प्रमुख सुनिल सुवेदी, इलाम नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गणेशकुमार खड्का, वडाअध्यक्षहरु, पर्यटनकर्मी लगायतको उपस्थिति रहेको थियो ।इलाम नगरपालिका ३ पुवामझुवाको पाटेनागीमा लालिगुराँसका ६ सय बोट बिरुवा रोपण गरिएको हो ।

इलाम नगरपालिकाको पर्यटकीय क्षेत्रको बिकास ,सौन्दयकरण, रैथाने जातका बोट बिरुवाको संरक्षण गर्दै वातावरणलाई स्वच्छ राख्ने निति अनुरुप वृक्षारोपण गरिएको नगर प्रमुख केदार थापाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार