इनपा तिनमा कृषिमा यान्त्रिकरण र व्यवसायीक बनाउन किसानलाई प्रविधि हस्तान्तरण

  नयाँ बुलन्द
658 Shares

इलाम : इलाम नगरपालिकाले कृषिमा यान्त्रिकरण र व्यवसायीक बनाउन किसानलाई प्रविधि हस्तान्तरण गरिएको छ । पालिकाले वडा न ३ को आर्थिक बिकाश कार्यक्रम अन्तर्गत कृषि तथा पशुपालक किसानलाई अनुदानमा प्रविधि हस्तान्तरण गरिएको हो । किसानलाई ५० प्रतिशत अनुदानमा प्रविधि उपकरण हस्तान्तरण गरिएको वडासचीव मनकुमार गुरुङले बताए ।

<span;>नगरपालिकाले किसानलाई पन्द्र थान च्यापकटर र सिचाईका लागि पाइप हस्तान्तरण गरिएको हो । किसानलाई प्रविधि उपकरणहरु इलाम नगरपालिका प्रमुख केदार थापा,  १ नम्बरका वडाध्यक्ष गायत्री राम बस्नेत , ८ नम्बरका वडा अध्यक्ष दलमान तामाङ सहित पुर्ब वडा अध्यक्ष तिर्थ गुरुङ लगायतले हस्तान्तरण गरेका थिए ।

वडा अध्यक्ष हेमन सुनुवारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख केदार थापा रहेका थिए ।

नगरको समृद्धि कृषि

कार्यक्रममा बोल्दै थापाले भने,‘हामीले लामो समय विकास र समृद्धिको भाषण गर्यौ, अब कार्यान्वयनको समय आएको छ’ त्यसैले आम इलाम नगरबासिको चहाना पुरा गर्न म निरन्तर लागिरहेको छु  अब नगरको समृद्धि कृषि बाटै हुने भएकाले किसानको समस्या समाधान गर्न इलाम नगरपालिका सधै लागिरहने छ । उनले किसानलाई समय अनुकुल अगाडि बडाउन प्रबिधिमा जोड दिईने समेत बताएका छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार