कोरिया जाने चक्करमा काठमाडौ पुगे इलामका युवा

जिल्ला प्रशासनको पत्र आएन कार्यान्वयनमा

  नयाँ बुलन्द
80.1k Shares

इलाम : विगत वर्ष इलामको फाकफोकथुम र माङसेबुङ गाउँपालिकाले बेमौसमी कामदार भन्दै कोरिया पठाए । छ महिनाका लागि भन्दै पठाएका कामदार अहिले सम्म फर्किएका छैनन् । त्यसपछि इलाममा सिजनल कामदारको रूपमा कोरिया जान सबै युवा उत्सुक छन् । पछिल्लो समय कोरियाको आकर्षणले गर्दा बिहान देखि बेलुका सम्म भाषा पढ्नेको भिड हुन्छ भने सिप सिक्नेमा पनि त्यतिकै भिड हुने गर्दछ ।
सरकारले कोरियामा नेपालबाट मौसमी कामदारका रूपमा लैजान रोक लगाएको छ । तर इलाममा भने कामदारको रूपमा पठाउने भन्दै तालिम सेन्टर नै खोलेर सिप सिकाउन थालियो । उक्त तालिम सेन्टर गैर कानुनी भएको ठहर गर्दे जिल्ला प्रशासन कार्यालयले गत बैशाख २५ गते प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदलाई कार्वाहिका लागि पत्र पठायो ।

पत्र पठाएको दुई महिना वितिसक्दा समेत उक्त पत्रको कुनै सुनुवाई भएन । हाल उक्त तालिम सेन्टरले त्यहाँ तालिम लिइरहेकालाई कोरिया जान १६ लाख लाग्ने भनेर रकम माग्न थालेको छ । शुरुमा प्रतिव्याक्ति ९१ हजार एकसय रुपैया उठाई तालिम शुरु गरेपनि विचमा २५ हजार रुपैया उठाएर फेरी तालिम गराएको त्यहा तालिम लिई रहेका बताउँछन ।

कोरिया जाने चक्करमा तालिम लिईरहेकहरुलाई हाल १६ लाख रुपैया लाग्ने खवरले चकित बनाए पनि केहि व्याक्ति उक्त रकम तिरेर भएपनि कोरिया जाने चक्करमा छन् । १६ लाख रुपैया तिर्दा पनि कोरिया जान पाउने हो होईन भन्ने टुङ्गो छैन । हाल उनिहरुलाई सिप परिक्षणका लागि भन्दै ट्रेनिङ दिईरहेको सिप सिकाउने एस स्टिल तालिम सेन्टरले इलाममा तालिम लिईरहेका युवाहरुलाई चरणबद्ध रुपमा काठमाण्डौ लगेको छ । धेरैले काठमाण्डौ पुगेपछि कोरिया लाने हो होईन भन्ने थप अन्योल बताउँदै आएका छन ।

तालिम लिई रहेका एक सहभागीले नाम नबताउने सर्तमा काठमाण्डौ बसाई पनि सोचे भन्दा बढी भयो, खर्च पनि उत्तिकै भएको छ तर अझै कोरिया पुग्ने नपुग्ने टुङ्गो लाग्न नसकेको बताउँछन । उनले कोरिया जान १६ लाख लाग्ने भएसँगै आफू कोरिया जान नसक्ने भन्दै कोरिया प्रोसेसमै नजाने बताए । पहिले पाँच छ लाख रुपैयामा लैजाने भनेर सुरु गरेका उक्त मानिसले अहिले १६ लाख लाग्ने भनेपछि कोरिया जान नसक्ने बताएका हुन । उनी मात्रै होईन त्यही तालिम लिएका धेरैजसो कोरियाको प्रोसेसमा जन नसक्ने भन्दै पहिले तिरेको पैसा के हुन्छ भन्ने विषयमा चिन्तित छन ।

अवैध रुपमा कोरिया लैजाने भन्दै यहाँ तालिम लिएकाहरुलाई काठमाण्डौमा स्किल टेस्टका नाममा रकम असुली गर्ने बाहाना बनाइरहँदा नियमनकारी निकाय भने मुकदर्शक बनेको देखिन्छ ।
यता श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिँह भण्डारीले अहिले इपिएस भाष बाहेक मौसमी रुपमा जाने कामदारका लागि तीन वर्ष सम्मलाई बन्द गरेको बताए । उनले कसैले कोरिया लान्छु भन्दै विभिन्न वाहानामा रकम माग्ने गरेको भए तत्काल कार्वार्ही गरिने बताए ।
जिल्ला प्रशासनको पत्र आएन कार्यान्वयनमा

जिल्ला प्रशासन कार्यालय इलामले गत बैशाख २५ गते आवश्यक कार्वाहीका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सानोठिमी भक्तपुरलाई पत्र पठायो । प्रशासनले पठाएको पत्रमा इलाम नगरपालिका वडा नं.७, स्थित ठूलो टुंडिखेल छेउमा सञ्चालनमा रहेको तालिम सेन्टरले वैदेशीक रोजगारीको लागि दक्षिण कोरिया पठाउने आश्वासन देखाई मोटो रकम लिंदै वेल्डिङ तालिम सञ्चालन गरिरहेको भन्ने सुचना आएपछि जिल्ला प्रहरी कार्यालय इलाम, घरेलु तथा साना उद्योग कार्यालय इलाम, शिक्षा विकास तथा समन्वय इकाइ, इलाम र करदाता सेवा कार्यालय इलामका प्रमुख तथा प्रतिनिधिहरुको टोलीले अनुगमन गरेको थियो । उक्त अनुगमनले तालिम सेन्टरका प्रोपाइटर सुरेन्द्र कुमार राईलाई तालिम संचालन गर्ने अनुमति पत्र लगायतका व्यवसाय संचालन सँग सम्बन्धित सम्पुर्ण कागजात ७ दिन भित्र पेश गर्न भनृपनि समयमा कागजात न ल्याएपछि गैर कानुनिरुपमा सञ्चालन गरेको भन्दै कार्वाहीका लागि पत्र काट्यो तर उक्त पत्रको अहिले सम्म कुनै सुनुवाई भएको छैन ।

प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले इलाममा दुई तीन वटा गैरकानुनी क्रियाकलाप भए, प्रशासनले अनुगमन गर्यो छानमिन भयो, प्रचलित ऐन कानुनको विपरित पाइयो तर त्यसलाई कार्वाही गर्ने अधिकार स्थानीय प्रशासन ऐन अनुसार प्रमुख जिल्ला अधिकारीलाई नभएको हुँदा सम्बन्धीत निकायमा प्रमाण सहित पठाएको बताए । उनले सम्बन्धित निकायलाई कार्वाहिका लागि पत्र पठाएपनि अहिले सम्म प्रक्रिया अघि नबडेको बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार