काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षामा प्राप्त नम्बरमा चित्त नबु्झेकाहरुले पुनर्योगका लागि निवेदन दिने म्याद आज सकिँदै छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले पुनर्योग गर्न चाहनेका लागि यही साउन ५ गते (आज) सम्म आवेदन दिन आग्रह गरेको थियो ।
पुनर्योगका लागि सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा वा सिधै भक्तपुरको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा गएर पुनर्योगका लागि आवेदन दिन सकिने परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।
एसईईको प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउन परेमा नतिजा प्रकाशन भएको मितिले ६ महिनाभित्र सच्याउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।