इलाम : कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश खेलकुद विकास बोर्डले सुनसरीको इटहरीमा आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा जिल्ला खेलकुद विकास समिति इलामलाई सम्मानित गरेको छ ।
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्य तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला खेलकुद विकास समिति इलामलाई १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापनमा कोशी प्रदेशमा उत्कृष्ट घोषित गर्दै सम्मान गरिएको छ ।
प्रतियोगिता जिल्लाको फाकफोकथुम गाउँपालिकामा सम्पन्न भएको थियो । १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता अथक प्रयास बाट थोरै श्रोत साधन बाट कडा मेहेनत गरेको कारण यो सफलता हात परेको जिल्ला खेलकुद कार्यालय इलामका प्रमुख नारायण भट्टराए जान्कारी दिए । उनले मेहनत गरे सफलता हासिल गर्ने कतिपनी समय नलाग्ने समेत बताएका छन । जिल्ला धरै काम गर्ने इच्छा हुदाहुदै पनि जनशक्ति अभावमामा कार्यालयको काम समेत भनेजस्तो हुन नसकिरहेको समेत गुनासो राखेका छन ।