तेह्रथुम, २८ असार
तेह्रथुमको म्याङलुङ नगरपालिका–५ मा निर्माण गरिएको आम्फुवा स्वास्थ्यचौकी भवनको उद्धघाटन गरिएको छ । आज एक कार्यक्रमका बिच नवनिर्मित स्वास्थ्यचौकी भवन म्याङलुङ नगरपालिकाका प्रमुख संजय कुमार तुम्बाहाम्फेले गर्नु भएको हो । संघिय सरकारको ४० लाख लागनीमा स्वास्थ्यचौकीको भवन निमार्ण गरिएको थियो । वडामा स्वास्थ्यचौकी नहुँदा यहाँका स्थानीयहरु सामान्य उपचारका लागि पनि जिल्ला अस्पताल पुग्नुपर्ने बाध्यता रहेको वडाध्यक्ष राजकुमार सेनीले बताउनु भयो ।
भवनको उद्ध्घाटनमा उपस्थित भएका स्थानीयबासीले भवनमा बनेकोमा खुशी व्यक्त गर्दै दक्ष स्वास्थ्यकर्मीको समेत माग गरेका छन् । कार्यक्रममा आर्दश बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष हनविर खड्का, स्थानीय समाजसेवी सुविन्द्र थेगुवा,जग्गादाता गणेश बहादुर सोदेम्बा लगायतले आआफ्नो राख्ने क्रममा भवन निर्माणले वडाबासीलाई राहत दिलाएको भन्दै भवनका लागी पहल गरिदिनुहुने तत्कालिन स्वास्थ्यमन्त्री भवानी खापुङ प्रति आभार प्रकट गरेका छन् ।
सोही कार्यक्रममा हाल लामखुट्टेको टोकाई बाट सर्ने डेंगी रोगको महामारी भएको बताउदै सचेत रहन म्याङलुङ नगरपालिकाका स्वास्थ्य शाखा संयोजक अनिसा लिम्बुले आग्रह गर्नुभएको छ । भवनको उद्ध्घाटन गर्दै नगर प्रमुख संजयकुमार तुम्बाहाम्फेले भवन निर्माणमा आफुले समेत सकरात्मक भूमिका निर्वाह गरेको बताउनुभयो । यो भवनबाट स्वास्थ्य सेवा सुचारु हुदा यहाँका नागरिकलाई राहत मिल्ने छ ।भवन उद्ध्घाटन कार्यक्रम नगर प्रमुख तुम्बाहाम्फेको प्रमुख आथित्य तथा ५ नं. वडाध्यक्ष राजकुमार सेनीको अध्यक्षतामा सम्पन्न भएको हो ।