इलाम : इलामको माङसेबुङ गाँउपालिका वडा नंबर १ र २ जोड्ने फेवा खोलामा पक्की मोटरेबल पुल नहुदा समस्या भएको छ । गजुरमुखी र इभाङ्ग जोड्ने खोलामा पुल नबन्दा हिउँदमा जसोतसो सवारी गुड्ने गरेपनि बर्खामा भने यातायातको साधन ठप्प बन्ने गरेको छ । वर्षौदेखि पुलको माग गर्दा पनि अझै सुनुवाइ नभएको स्थानीय ठाकुर प्रसाद गड्तौलाको गुनासो छ । पुल नहुँदा जोखिम मोलेर स्थानीयवासी झोलुङ्गे पुलबाट खोला वारपार गर्न बाध्य भएका छन् । भने मोटसाइकल समेत त्यही पुलबाट तारनुपर्ने बाध्यता रहेको छ ।
‘सधैं आशा मात्रै’
दुई वडा जोड्ने गाउँ नजिकैको फेवा खोलामा पुल बनाइदिन एमाले नेता सुवासचन्द्र नेम्बाङलाई पटक पटक आग्रह गरेको बर्षौ भयो । नेम्बाङ्गले पनि पुल बनाईदिने आस्वासन दिए । यो आस्वासन दिएकाे अझै सम्झना रहेको गड्तौलाले बताए । गड्तौलाले भने, “नेताले जितेर गए तर माङसेबुङ्गलाई बिर्शिए चुनाब लाग्ने बेला आउछन् तर जितेर गएपछि यहाँका नागरिकको पीडा भुल्छन् त्यसैले पनि अहिले सम्म हामीकाहाँ समस्या जस्ताको त्यस्तै छ । ” यो इलामको संघिय निर्बाचन क्षेत्र नंबर २ मा पर्दछ भने यहि निर्बाचन क्षेत्र बाट पटक पटक जितेर गएका एमाले नेता सुवासचन्द्र नेम्बाङ सभामुख सम्म बने । तर आफ्नो निर्बाचन क्षेत्रको नागरिकको सामान्य समस्याको अझै सम्म समाधान गर्न भने भ्याएका छैन् । अहिले पनि नेम्बाङ यहि क्षेत्रको प्रतिनिधित्व गर्दै ससद भबनमा छन् तर यहाँका नागरिको आवाज त्यो संसद भबनमा पुग्न नसकेको स्थानियको गुनासो रहेको छ ।
“हामीलाई सम्झदैन्न”
यहाँका नागरिक तत्कालीन जिविस, विभाग, मन्त्रालयलगायत सबैजसो सरकारी निकाय देखि हालको गाँउपालिकासम्म पुल बनाइदिन माग गर्दै स्थानीय डेलिगेसन गइसकेका छन् तर अहिलेसम्म पुल निर्माणहुने छाटकाट भएको देखिदैन । फेवा खोला वर्षातका तिन महिना तर्नै नसकिने गरी उर्लिन्छ । त्यही समय धान, कोदो रोप्न र घाँस दाउरा गर्नुपर्ने भएकोले खोला वारपार नगरी स्थानीयवासीलाई सुखै छैन । खोला बारीपारिका गाँउका धेरै विद्यार्थी , कर्मचारी यही खोला बारपार गरेर बिध्यालय, कार्यालय जानुपर्ने बाध्यता रहेको छ ।
‘यहाँ पुलको माग गर्दागर्दै अघिल्लो पुस्ताले जीवन बिताए’, स्थानीय टिकाराम खुलालले भने, ‘पहिला झोलुङ्गे पुलको कुरा थियो । अहिले मोटरेबल पुलको चर्चा छ । पूरा हुने कहिल्यै होइन ।’ दुवै गाउँ जोड्न केही वर्षअघि सडकको ट्र्याक खोली इभाङ्ग तर्फ कालोपत्रे भएको छ तर त्यो कालोपत्रे सडकको बर्खामा निकाश नहुदा औचित्यहिन बन्न पुगेकोे छ । सडक कालोपत्रे भयो अब मोटरेबल पुल निर्माण हुनेमा स्थानीयवासी आशावादी थिए । तर, अहिले सम्म पुलको चर्चा कतै नहुदा त्यहाँका नागरिक निराश बनेका छन् ।
निमार्णका लागि पहल
यता माङसेबुङ गाँउपालिकाका अध्यक्ष हेमन्त राईले भने गाँउपालिकाले पुल निमार्णका लागि पहल भइरहेको बताएका छन् । राइले भने,“ पुल निमार्णका लागि प्रदेश सरकार र संघिय सरकारलाई झक्झक्याउने काम भइरहेका छ, जतिसक्दौ चाडो पुल बनाउन पालिका लागिरहेको छ । ”