इलाममा अब मापसे र लापसे जाँच हुने

  नयाँ बुलन्द  698 पटक हेरिएको

 

इलाम : इलाममा सवारी दुर्घटनाको संख्या र लागुऔषध प्रयोग घटाउन ट्राफिक प्रहरीले अभियान  नै थालेको छ। प्रहरीले लागुऔषध प्रयोग परीक्षण गर्न इलाममा सवारी चालकको लापसे जाँच्न थालेको हो। यस अघि मापसे मात्र जाँच्न हुने गरेकाे थियाे भने अाज बाट लापसे जाँच्न पनि हुने ट्राफिक प्रहरी कार्यालय इलामले जनाएकाे छ ।

चालकले लागुऔषध प्रयोग गरे÷नगरेको परीक्षण गर्ने  ‘¥यापिड टेस्ट कीट’ प्रयोग गर्न लागिएको ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख दिपक दुलालले बताए।

 

यसअघिसम्म मादक पदार्थ प्रयोग गरे/नगरेको जाँच गर्न ‘ब्रेथलाइजर’ प्रयोग गरिन्थ्यो।  ट्राफिक प्रहरीले ‘ट्राफिक सप्ताह’ चलिरहेका बेला मादक पदार्थ र लागुऔषध जाँच पनि सुरुआत गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार