सूर्याेदयको भट्टराई  चिया, कुचाे, अदुवा, आलु  कृषि व्यवसाय फर्मलाई २ लाख रुपैयाँ जरिवाना

  नयाँ बुलन्द  294 पटक हेरिएको

इलाम : रासायनिक मल अनाधिकृत रूपमा बेच्ने इलामका अर्का पसले पनि कारबाहीमा परेका छन्। जिल्ला प्रशासन कार्यालयले सूर्याेदय नगरपालिका ११ को भट्टराई  चिया, कुचाे, अदुवा, अालु  कृषि व्यवसाय फार्मलाई २ लाख रुपैयाँ जरिवाना गराएको हो।

फार्मले अनाधिकृत रूपमा बेच्दै गरेको ३२ बोरा मलसमेत नियन्त्रणमा लिइ सूर्याेदय नगरपालिकालाई बुझाइएको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले अनुमति नै नलिइ अनाधिकृत रूपमा मल बिक्री भइरहेको पाएपछि अनुगमन तीव्र बनाइएको जानकारी दिए।

केही दिनअघि इलाम बजारकाे कृषि बिज भण्डारले सहकारीमार्फत् अनुदानको मल ल्याएर बिक्री गर्न लागेको पाइएपछि २ लाख रुपैयाँ जरिमाना गरिएको थियो । यो पसलबाट ५२ बोरा मलसमेत जफत गरी इलाम नगरपालिकालाई जिम्मा लगाइएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार