इलाम : प्रदेशको नाम ‘कोसी’ खारेजीको मागमा आन्दोलन चर्काउनका लागि इलाम नगरपालिका-११ सोयाकमा एक सय सात सदस्यीय प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त संघर्ष समिति गठन गरिएको छ ।
‘कोसी’ नाम खारेज गरी पहिचानका आधारमा प्रदेश नामाकरण गराउन दबाबमूलक आन्दोलनलाई सशक्त बनाउनका लागि गोविन्द एक्तेन लिम्बूको अध्यक्षतामा पुन: नामाङ्कन संयुक्त संघर्ष समिति गठन गरिएको हो ।
बुधबार नेपाल आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङसहित जातीय संगठन एवम् विभिन्न पहिचान पक्षधर राजनितिक दल, सामाजिक संघसंस्था, नागरिक समाजलगायत सम्मिलित बैठकले पुन: नामाङ्कन संयुक्त संघर्ष समिति गठन गरेको हो ।
समितिका उपाध्यक्षमा प्रेम फागो र इन्द्रबहादुर लिम्बू, सचिवमा सुमन खजुम लिम्बू, सहसचिवमा किशोरसिंह एक्तेन र कोषाध्यक्षमा पदमबहादुर लिम्बू (भुपेन्द्र) चयन भएका छन् ।
समितिको पूरा नामावली हेर्न नामावलीमा क्लिक गर्नुहोस् ।