इलाम : इलाम नगरपालिकाको आयोजनामा मासु व्यवसायीहरु संग अन्तरक्रिया गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । बुधबार पशुपंक्षी विकास शाखाको आयोजनामा मासु जाचँ ऐन कार्यान्वयन तथा सहजिकरण कार्यक्रम अन्तर्गत व्यवसायीहरुसंग अन्तरक्रिया गोष्ठीको आयोजना गरिएको हो ।
नगरपालिकाका उपप्रमुख विष्णु कुमारी लिम्बु दाहालको अध्यक्षता एवम् प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना इलामका डाक्टर अनित घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मासुपलस संचालकलाई मासु पसलमा आवश्यक सामाग्री वितरण समेत गरिएको छ ।
डा.घिमिरेले नगरपालिका भित्रका मासु व्यावसायीहरुलाई ऐन अन्तर्गत रहेका व्यवस्थाहरुको सन्दर्भमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा नगरपालिकाका प्रशासकीय अधिकृत बबुल भक्तराज, पशुपंक्षी विकास शाखाका प्रमुख रुप बहादुर लिम्बु, राजस्व शाखा प्रमुख सीता खवास, पशु प्राविधिक प्रकाश लुईटेलका साथै ४० जना भन्दा बढी मासु व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
राजस्व शाखा प्रमुखले दर्ता बाहिर रहेर संचालनमा रहेका व्यवसायहरुलाई दर्ता प्रक्रियामा सामेल भइ सरकारी स्तरबाट प्रदान गरिने सेवासुविधाहरु लिन समेत आग्रह गरेका थिए ।