इलाममा शाना सहरी खानेपानी आयोजनाको काम बिबादमा, स्थानीयद्वारा सामाजिक संजाल बाटै आक्रोश व्यक्त

  नयाँ बुलन्द
518 Shares


इलाम : इलाममा शाना सहरी खानेपानी आयोजनाको काम बिबादमा तानिएको छ । निर्माणाधिन खानेपानी आयोजनाको काममा लापरबाही भएको भन्दै स्थानीयल आक्रोसित बनेका हुन ।

आयोजना निर्माणको जिम्मा पाएको रमण कन्ट्रसनले इलाम बजार सहितका सडकहरुमा बिच्याईएको पाईपको समस्या आएरकोले उक्त समस्या समाधान गर्न भन्दै सडकमा खाल्डो खनेर त्यतिकै छाडेकाले सवारी दुर्घटनाको जोखिम बडेको र सम्बन्धित निकायलाई पटकपटक गुनासो राख्दा समेत वास्ता नगरिएको स्थानीयको भनाई छ ।

अहिले कन्ट्रकसले खाल्डो खनेर छाडेको ठाउँमा बर्षातमा पानीको भल पसेर नजिकमा रहेका घरमा जोखिम बडेको भन्दै सामाजिक संजालबाट सम्बन्धित कार्यालयको ध्यानाकर्षण गरेका छन । इलामका सामाजिक अभियान्ता दिपेश अधिकारीले आफ्नो फेसबुकमा लेखेका छन ।

“साना शहरी खानेपानीको पाइप फुटे पछि मर्मत गर्ने क्रममा इ न पा ९ नं वडाको केही स्थानहरुमा पक्की बाटोको पिच र ढलाइ फोरेर यस्तो जिर्ण अवस्थामा पुर्याइएको धेरै समय भयो। सम्बन्धित ब्यक्तिलाइ नै भेटेर समस्या राख्दा पनि सुनुवाइ नभए पछि आवत जावत गर्न धेरै अफ्ट्यारो भएको र खाल्डो बाट पानी छिरेर घर भित्र जाने समस्या भएको कारण फेसबुक बाट सम्बन्धित निकाय र ब्याक्तिलाइ पुन ध्यानाकर्षण गराउंदछु।”

उनको स्टार्टसमा धेरैले सानासहरी खानेपानी आयोजनाको काम प्रती ब्याङ्गात्मक शैलीमा आलोचना गरेका छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार