इनपामा नेकपा एमाले सहित विभिन्न  पाटी परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश

  नयाँ बुलन्द
1.1k Shares

इलाम : इलाम नगरपालिका वडा नं ८ मा नेकपा एमाले सहित विभिन्न  पाटी परित्याग गरि २८ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छ्न । नेपाली कांग्रेस वडा समितिले आयोजना गरेको वडा सम्मेलन कार्यक्रममा उनीहरु कांग्रेसमा प्रबेश गरेका हुन ।

कम्युनिस्टको झुटको खेतिबाट आजित भएर नेपाली कांग्रेसमा प्रवेश गरेको नवप्रबेसीहरुको भनाई छ । जनताको बिकास अब नेपाली कांग्रेसले मात्र गर्ने रहेछ भन्ने बुझेपछि नेपाली कांग्रेसमा प्रबेश गरेको नवप्रेबेसीले बताएका छ्न ।  पछिल्लो समय इलाममा संगठन बिस्तार संगसंगै बिकास निर्माणको काममा तीव्र रुपमा कांग्रेस लागिपरेको जिल्ला उपसभापति खगेन्द्र देवानले बताए।

वडा सभापती दलमान तामाङको सभापतित्वमा भएको  कार्यक्रममा महसमिति सदस्य भेषराज आचार्य,प्रदेश सदस्य श्याम खड्गी, पुर्ब जिल्ला सभापति केशव थापा,हिमलय कर्मचारी, केन्द्रिय सदस्य सुजता परियारले मन्तव्य रखेका थिए । १२ वटै वडामा वडा सम्मेलन पश्चात् नगर सम्मेलन समेत गरिने नेपाली कांग्रेसका इलाम नगर सभापति तिर्थराज गुरुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार