समाचार प्रभाव : अनुदानको मल जफत, पसल सञ्चालकलाई २ लाख रुपैयाँ जरिवाना

  नयाँ बुलन्द
1k Shares

इलाम : इलाममा सहकारी मार्फत् किसानलाई बाँड्नुपर्ने रासायनिक मल बेच्ने कृषि बिज भण्डारलाई २ लाख रुपैयाँ जरिवाना गरिएकाे छ । सदरमुकामकाे मालापथमा भेषराज पराजुलीले सञ्चालन गरेको पसलमा सहकारी मार्फत् किसानलाई बाँड्नुपर्ने अनुदानको रासायनिक मल फेला परेपछि जरिमाना गराईएको हो  ।

गएकाे बुधबार बजार अनुगमन गर्ने क्रममा उक्त कृषि विज भण्डारमा अनुदानको रासायनिक मल फेला परेपछि नयाँ बुलन्द डटकम अनलाईनले निरन्तर समाचार प्रकाशन गरिरहेकाे थियाे । बुधबार अनुदानको मल विचौलियालाई विक्री गर्दै इलामका सहकारी ,नियमनकारी निकाय बने रमिते र शनिबार कसरी पुग्याे सरकारी अनुदानकाे मल विचौलिया सम्म ? सहकारीलाई साेधियाे स्पष्टीकरण शिर्षक राखेर समाचार प्रकाशन गरेकाे थियाे ।

अनुदानको मल विक्री अनुमति बेगर नै मल बिक्रि गरेको पाइएपछि  प्रशासनले मल गोदाम नै शिल गरेको थियो भने तीन दिनभित्रमा कागजात बुझाउन समय दिइएको थियो ।  म्याद असार १७ मा सकिँदासम्म पसलले मलको अधिकारिकताबारे कुनै प्रमाण दिन नसकेपछि अाइतबार जरिमाना सहित गाेदाममा राखिएकाे मल जफत गराएको छ ।

पराजुलीले सञ्चालन गरेको पसलमा अनुगमनमा ३४ बोरा युरिया र १८ बोरा डिएपी मल भेटिएको थियो । पसल सञ्चालकले झापाकाे चारअालीबाट मल ल्याएकाे भने पनि त्यससम्बन्धी कुनै पनि प्रमाण नभएपछि छानबिन गरिएको थियो ।  उता सहकारीलाई पनि छानबिन भइरहेकाे बताइएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार