कसरी पुग्याे सरकारी अनुदानकाे मल विचौलिया सम्म ? सहकारीलाई साेधियाे स्पष्टीकरण

  नयाँ बुलन्द
2.9k Shares

इलाम : इलाम नगरपालिकाले साखेजुङमा रहेको सूर्यज्योति कृषि सहकारीलाई स्पष्टीकरण माग गरको छ । गएको बुधबार बजार अनुगमनका क्रममा नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल इलाम बजारको कृषि विज भण्डारमा फेला परेको र उक्त मल सूर्यज्योति कृषि सहकारी सस्था नेपालटार (साखेजुङ) बाट प्राप्त भएको थाहा पाएपछि सहकारीलाई इलाम नगरपालिकाले तिन दिने स्पष्टीकरण सोधिएको पत्र काटेको हो । इलाम नगरपालिकाका कृषि शाखा प्रमुख उपेन्द्र नेपालले आफ्नो फेसबुक एकाउन्ट मार्फत पत्र काटीएको जानकारी सार्बजनिक गरेका हुन ।

कसरी फेला प¥यो रासायनिक मल ?

बास्तविक किसानले अनुदानको मल नपाईरहँदा सहकारीले विचौलियालाई बेच्ने गरेको किसानबाट व्यापक गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय इलामले सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद कोईरालाको नेतृत्वमा गएको बुधबार बजार अनुगमन गर्ने क्रममा सदरमुकामामा रहेको कृषि विज भण्डारमा रासायनिक मल फेला पारेको थियो । अनुदानको मल विक्री अनुमति बेगर नै मल बिक्रि गरेको पाइएको हो । यसरी बिक्रि भएको पाइएपछि प्रशासनले मल गोदाम नै शिल गरेको थियो ।

तीन दिन भित्रमा प्रशासनमा उपस्थितहुन निर्देशन

अनुगमन टोलीले आवश्यक कागजात सहित तीन दिन भित्रमा प्रशासनमा उपस्थित हुन विज भण्डारका संचालकलाई निर्देशन दिइएको सहायक प्रजिअ कोईरालाले जानकारी दिए । कोईरालाले तोकिएको समयमा आवश्यक कागजपत्र नजुटाएमा कानुन बमोजिम कारबाही गरिने समेत बताए । उक्त तिन दिनको म्याद आइतबार अर्थात असार १७ गते सिदिदै छ ।

सहकारीसँग छैन मल बिक्रीको आधिकारीक बिबरण

कृषि सामाग्री कम्पनी इलामले दिएको जानकारी अनुसार यो सहकारीले तीन सय ७० बोरा यूरिया र एक सय ५२ बोरा डिएपी मल पाएको छ । तर ति सबै मल सहकारीले किसान सम्म पुरयाएको देखिदैन । यता सहकारीका व्यवस्थापक अमर खत्रीले मल विज भण्डारलाइ विक्री नगरेको भन्दै गोदाममा मात्र राखिएको बताएका छन् । तर खत्रीले राखिएको भनेको गोदामबाट कृषि विज भण्डारले मल विक्री गरिरहेको प्रमाण फेला परेको छ । यति मात्र नभएर अनुगमनका क्रममा नै कृषि विजका संचालकलाई यो मल कहाँ बाट आयो भन्ने प्रश्न राख्दा झापाको चारआलीबाट खरिद गरेर ल्याएको बताएका थिए । यस्ले पनि के पुष्टी गर्छ भने यो सहकारीको गोदाम नभई कृषि विज भण्डारकै गोदाम हो भन्ने ।

यस्तै व्यवस्थापक खत्रीले मल सबै कृषकलाई नै उपलब्ध गराएको बताउने गरेपनि उनले आधिकारीक रुपमा किसानले नै लगेको हुन भन्ने प्रमाण रिर्पाेटीङ्गका लागि सहकारीकै कार्यालयका पुगेका पत्रकारलाई देखाउन भने सकेन्न् । खत्रीले सबै प्रमाण मल बिक्रि गरिसकेपछि अन्तिममा तयार पारिने बताउदै पत्रकारले सोधेको प्रश्न नदिई पन्छिन खोजे । यसले पनि के पुष्टी गर्छ भने सबै मल सहकारीको कार्यालयमा पुगेको छैन भन्ने ।

कोटा निर्धारण गरेर रासायनिक मल उपलब्ध गराउँदै

पछिल्लो समय इलामका पालिकाहरुलाई कोटा निर्धारण गरेर कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीले रासायनिक मल उपलब्ध गराउँदै आएको छ । सहकारीले यूरिया ९ सय नौ र डिएपी २३ सय उन्सठ्ठी रुपैयाँ प्रतिबोरामा पाउँछन् ।

कारबाहीको माग

अनुदानको मल सहकारीले बिचयौलियालाई बिक्रि गरेको बाहिरिएपछि अधिकाशं किसानहरुले यस्मा संलग्नलाई कडा कारबाही हुनु पर्ने आबाज समेत उठाएका छन् ।

मल ब्यबस्थापन निर्देशिकामा यस्तो छ

 

याे पनि हेर्नुहाेस्  

https://www.nayabulanda.com/2023/06/28/74963

अनुदानको मल विचौलियालाई विक्री गर्दै इलामका सहकारी ,नियमनकारी निकाय बने रमिते

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार