फाकफोकथुममा मनाइयो धान दिवस (फोटो फिचर)

  नयाँ बुलन्द
294 Shares

इलामः २० औँ राष्ट्रिय धान दिवस फाकफोकथुम गाउँपालिकामा मनाइएको छ । ”जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि” नाराका साथ राष्ट्रिय धान दिवस मनाउन पालिकाले एक लाख बजेट विनियोजन गरेर ३ नम्बर वडाको रातमाटे बेसींमा लोपहुँदै गरेको पुरानो पञ्चेबाजाका साथ बेठी लगाएर दिवस मनाइएको हो । अधिकांश फाकफोकथुम बासीको आम्दानीको श्रोत कृषि र पशुपालन भएसंगै कृषि पेशामा आधारित यहाँका नागरिकलाई उत्साह र हौसला प्रदान गर्ने उदेश्य र सन्देशमुलक सुचना प्रवाह हुने अपेक्षाले दिवस योजना गरिएको पालिका अध्यक्ष दिपेन्द्र खनालले जानकारी दिए ।

रोपाई गरेको स्थलमा बालीविज्ञान विषयमा अध्ययनरत विद्यार्थीहरु पनि प्रयोगात्मकका लागि सहभागी थिए । दिवशमा उपस्थितलाई पालिकाले टिसर्ट, दहीच्युरा उपलब्ध गराएको थियो । १० वर्षका नानीदेखि ८० वर्षसम्मका बृद्धहरु समेत असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गरेर रमाइलो गरेका थिए ।

२०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा पनि २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार