नारायण चोकमा आगलागी, तिन लाखको क्षति

  नयाँ बुलन्द  169 पटक हेरिएको

गोदक : गए  राति इलाम नगरपालिका वडा नं १० नारायण चौकमा आगलागी भएको छ । स्थानिय  मिलन मगरको चिया एवम् हरियो तरकारी बेच्ने पसलमा राति १ः२० बजे आगलागी भएको हो ।

आगलागीबाट करिब ३ लाख रुपैयाँको क्षति भएको छ । राती नै इलाम नगरपालिकाको वारुणयन्त्र, आईतबारे प्रहरी चौकीका प्रहरीहरु र स्थानीयबासीहरुले आगो नियन्त्रणमा लिएको इलाम नगर प्रहरी प्रमुख कमल अधिकारीले इलाम नयाँ बुलन्दलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार