नेपाली राजनितीमा आएको हावा हुण्डरीले देशका पुराना र ठूला पार्टी संकटमा : काँग्रेस नेता गुरु घिमिरे

  नयाँ बुलन्द
154 Shares

इलाम : नेपाली काँग्रेसका नेता गुरु घिमिरेले नेपाली राजनितीमा आएको हावा हुण्डरीले देशका पुराना र ठूला पार्टी संकटमा पर्न थालेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । काँग्रेस एमाले जस्ता ठूला पार्टीप्रति जनताको बितृष्णा बढ्दै गएको भन्दै अबपनि यी पार्टीहरु समयमै नसुध्रिए काँग्रेस–एमालेले ठूलो मूल्य चुकाउनु पर्ने चिन्ता ब्यक्त गरेका हुन ।

७२ औं मदन भण्डारी स्मृति दिवसको अवसरमा मदन भण्डारी फाउण्डेशन इलामले सदरमुकाममा आयोजना गरेको आजको लोकतन्त्र उपलब्धि र चुनौती बिषयक अन्तर संवादमा बोल्दै नेता घिमिरेले काँग्रेस पार्टीभित्र बेथिती बढ्न थालेको, बिधि र बिधान अनुसार चल्न नसकेको भन्दै आफूहरु पार्टी सुदिृणिकरण अभियानमा लागेको उल्लेख गरे ।

उनले काँग्रेस पार्टीमात्र नभएर एमाले सहितका पूराना तथा ठूला पार्टीहरुले आफनो ट्रयाक छोड्न थालेकाले पार्टी भित्रको बिकृति र बेथिती हटाउन पार्टी भित्रका युवा बर्गहरु लाग्न जरुरी रहेको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार