इलाम : इलाम ३ महिना र ६ महिना तालिम पूरा गरी ग्रेडिङ छुटयाइएका इलामका ५३ जना खेलाडीलाई बिहीबार प्रमाण पत्र प्रदान गरिएको छ । नेपाल तेक्वान्दो संघ इलामले खेलाडीलाई प्रमाण पत्र बितरण गरेको हो । संघका अध्यक्ष गोपाल चौहानले ३ महिना तालिम लिएका तथा स्टेप ब्ल्याक सम्बन्धि ६ महिना तालिम लिएका तेक्वान्दा बिभिन्न ग्रेडिङमा परेका खेलाडीलाई प्रमाण पत्र प्रदान गरीएको हो ।
खेलाडीलाई अध्यक्ष चौहान, प्रशिक्षक रमेश बुढाथोकी लगायतले प्रमाण पत्र बितरण गरेका थिए । संघका अनुसार १५ जना एल्लो ग्रेड, १३ जना स्टेप ग्रिन, १० जना ग्रीन बेल्ट, ५ जना स्टेप ब्लु, ४÷४ जना ब्लु बेल्ट र स्टेप ब्ल्याक ग्रेडका खेलाडीलाई प्माण पत्र बितरण गरीएको हो । स्टेप ब्ल्याकको प्रमाण पत्र प्राप्त गर्न ६ महिना र अन्य ग्रेडको प्रमाण पत्र प्राप्त गर्न ३ महिना तालिम अनिबार्य गर्नुपर्ने संघका अध्यक्ष गोपाल चौहानको भनाई छ ।
उनका अनुसार तेक्वान्दो खेलप्रति खेलाडीको आकर्षण पछिल्लो समय उल्लेख्य मात्रामा बढ्दै गएको जनाउँदै अब बिद्यालयहरुमा पनि तेक्वान्दो खेललाई बिस्तार गरेर जिल्लाबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ संघ लागेको बताए ।