इलाम नगरपालिका ४मा ३७ वटा डस्विन वितरण

  नयाँ बुलन्द
161 Shares

इलाम : वातावरण सरसफाई तथा स्वच्छता कार्यक्रम अन्र्तगत इलाम नगरपालिका वडा नम्बर ४ मा ३७ वटा डस्विन वितरण गरिएको छ ।वडाका विभिन्न १९ वटा टोलमा ७० लिटर क्षमताका प्लाष्टिकका डस्विन वितरण गरिएको हो ।

वडाअध्यक्ष नुतनदेव दुलालका अनुसार पुवाखोला बजारबाट सुरु भएको वितरण कार्यक्रम विभिन्न टोल हुँदै जस्विरेमा पुगेर सकिएको थियो ।

बातावरणलाई स्वच्छ राख्नको लागि डस्विरन वितरण गरिएको वडाअध्यक्ष एवम् नगरप्रवक्ता दुलालले बताउनुभयो ।यस्तै वडाले आजै धारापानीदेखी चाँपगैरीसम्म ४५० वडा लालीगुराँसका विरुवा रोपेको छ ।माईपोखरी हुँदै सन्दकपुर जाने सडकलाई सोन्र्दयीकरण गर्ने उदेश्यले उक्त सडकको दाँया वाँया लालीगुराँस साथै विभिन्न फूलका विरुवा रोपिएको हो ।

यस्तै सोही स्थानको जस्विरेमा अवस्थित पुरातात्विक महत्वको क्षेत्र कुटीडाँडामा समेत विरुवा रोपिएको थियो ।वडाअध्यक्ष दुलाल सहित वडा सदस्य,वडा सचिव ,स्थानिय लगायतको विरुवा रोपण कार्यक्रमा उपस्थिति रहेको थियो ।वडाले हरेक बर्ष विभिन्न प्रजातिका बोटविरुवा तथा फूल रोप्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार