सूर्याेदय नगरपालिकाकाे तेह्रौं अधिवेशन सकियो

  नयाँ बुलन्द
56 Shares

इलाम : सूर्याेदय नगरपालिकाकाे तेह्रौं अधिवेशन सकिएकाे छ । आगामी आर्थिक वर्ष २०८०/ ०८१ काे लागि बजेट पारित गर्दै अधिवेशन अन्त्य भएकाे हाे । बैशाख ८ देखि शुरू भएको अधिवेशनमा छ वटा बैठक बसेकाे छ ।

मंगलबारकाे छैटौं बैठकले सूर्याेदय नगरपालिकाकाे आर्थिक विधेयक २०८० र सुर्याेदय नगरपालिकाकाे विनियाेजन विधेयक सर्वसहमतिले पारित गरेकाे हाे । दुव‌ विधेयक उपप्रमुख दुर्गाकुमार बरालले सभामा पेस गरेका थिए । बैठकमा सातजना सदस्यहरूले बजेट तथा सार्वजनिक महत्त्वकाे प्रस्तावमा ध्यानाकर्षण गराएका थिए ।

नगरसभाकाे बैठकमा आकाश लेप्चा, कमल प्रसाद गड्तौला, श्याम कटुवाल, अरूण शर्मा, सरन लिम्बु, विनाेद श्रेष्ठ र राजकुमार श्रेष्ठले बजेट र सार्वजनिक महत्त्वका विषयमा बेलेका थिए । सदस्यहरूले उठाएकाे विषयमा नगरप्रमुखले सम्बाेधन गरेका थिए ।

तेह्रौं अधिवेशनबाट सूर्याेदय नगरपालिकाकाे संघ संस्था दर्ता ऐन २०७४ लाई प्रतिस्थापन गर्न बनेकाे विधेयक २०८०, सार्वजनिक निजी साझेदारी ऐन २०७४ लाई प्रतिस्थापन गर्न बनेको विधेयक २०८० र केही स्थानिय ऐनलाई संशाेधन गर्न बनेको विधेयक पारित गरेकाे छ ।

अधिवेशनमा विषयगत समिति, न्यायिक समिति लगायतका प्रतिवेदन समेत पेस भएको प्रवक्ता ख्याम भुजेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार