माङ्सेबुङमा आगलागीले ८ घर जलेर नष्ट

  नयाँ बुलन्द
224 Shares

 

माङ्सेबुङ  इलामको माङ्सेबुङ ५ बार्‍हलाखे माङमिक्तोक्ला टोलमा आगलागीले ८ घर जलेर नष्ट भएको छ । समिर चेम्जोङको घरबाट लागेको आगलागीले ८ घर जलेर नष्ट भइसकेको  स्थानीय सुमन लाओतीले जानकारी दिए ।

मंगलबार रातको २:०० बजेदेखि भएको आगलागीले जलेर घरहरु पूर्ण क्षति भएको छ । आगलागीले मानवीय क्षति भने नभएको बताइएको छ ।  स्थानीयहरुको सहभागितामा आगो निभाउने प्रयास भइरहेको बताएको छ । आगलागी अझैँ नियन्त्रणमा आइनसकेकाले क्षतिको विवरण आउन बाकि छ । आगलागी के कारणले भएको खुल्न नसकेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार