जिल्ला हुलाक कार्यालय इलाममा तालाबन्दी

  नयाँ बुलन्द
623 Shares

इलाम : जिल्ला हुलाक कार्यालय इलाममा तालाबन्दी भएको छ । सरकारले आगामी श्रावण १ देखि अतिरिक्त हुलाक खारेज गर्ने घोषणा गरेपछि अन्दोलित बनेका अतिरिक्त हुलाकका  कर्मचारीले आईतवार जिल्ला हुलाक कार्यालय इलाममा तालाबन्दी गरेका हुन ।  सरकारको निणर्यले लामो समयसम्म गरेको सेवाको मूल्यांकन विना काम छाड्नु परेको भन्दै उनीहरु चरणवद्ध आन्दोलनमा उत्रिएका हुन । इलामका ४० अतिरिक्त हुलाकमा १५७ कर्मचारी सरकारी निणर्यको मारमा छन् ।

नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसन इलामको अगुवाईमा  सदरमुकाममा भेलिएका कर्मचारीहरुले यस अघि नै जिल्ला हुुलाक कार्यालय र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिनुका साथै प्रमुख जिल्ला अधिकारी र हुलाक प्रमुखलाई ज्ञापन पत्र समेत बुझाएका थिए ।   आधुनिक सञ्चारको विकास नभएको बेलादेखि अहिलेसम्म अनवरत संघर्ष गरेको योगदानलाई कतै कदर नगरेको एशोसिएसनका जिल्ला अध्यक्ष लिलानाथ लम्सालले बताए ।

नेपाल सरकारले आर्थिक वर्ष ०८०/८१ को बजेट वक्तव्यमा श्रावण १ गते देखि लागूू हुुने गरि देशभरका अतिरक्त हुलाक खारेज गर्ने जनाएको हो । अतिरिक्त हुुलाक खारेजी हुदा देशभरमा ११ हजार कर्मचारी रित्तो हात घर फर्कनु पर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार