इलाम : इलामका आदिवासी जनजाति पत्रकारहरुका लागि क्षमता अधिवृद्धि तालिम सुरु भएको छ ।
फाकफोकथुम गाउँपालिकाको सहयोगमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजनामा दुई दिवसीय तालिम सुरु भएको हो ।
फ्रेण्ड्स होटलको सभाहलमा सुरु भएको तालिममा जिल्लाका १२ जना क्रियाशील आदिवासी जनजाति पत्रकारहरुको सहभागिता रहेको छ ।
तालिममा फोनिजका संघीय उपाध्यक्ष एवम् प्रशिक्षण विभाग प्रमुख अमरध्वज लामा र फोनिजका निवर्तमान संघीय उपाध्यक्ष दिपीन राईले सहजीकरण गरिरहेका छ्न् छन् ।
तालिम शनिबारसम्म संचालन हुनेछ ।
फोनिज इलामका अध्यक्ष राम योङहाङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा फोनिज प्रदेश सदस्य अतित योङहाङले आदिवासी जनजाति पत्रकारहरुको वृत्तिविकासका लागि आयोजना गरिएको तालिममा जिल्लाको व्यावसायिक पत्रकारितामा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
फोनिज इलामका सचिव सोम सुनुवारले संचालन गरेको कार्यक्रमको स्वागत सहसचिव सिर्जना श्रेष्ठले गरेका थिए ।