सिक्किमको यात्रा यसरी सुरु भएको हो ……
२०८० जेष्ठ २३ गते दिउसो करिब ४ बजे तिर म इलाम सदरमुकामको चोक बजारमा बसिरहेको थिए । त्यतिकैमा नेपाल टेलिकमको पोस्पेट नंबर बाट कल आयो , “प्रकाश भाई सिक्किम सम्मको पर्यटनको कार्यक्रमको फाइनल भयो तिम्रो समय के छ ? तिन दिनको यात्रा छ भ्याउछौ ” अनि फोन गर्नुहुने चै इलामकै देबि पौडेल दाई हुनुहुन्थो ।
जो पर्यटन क्षेत्रमा निकै सक्रिय हुनुहुन्छ । अनि मैले पनि हुन्छ दाई म फुर्शदै छु भने अनि अब सुरु भयो सिक्किम जाने तयारी । २५ गते बिहिबार बिहानै इलामबाट हिड्नुपर्छ है भन्ने सल्लाह भए बमोजिम तयारी गरे । बिहिबार झिसमिसे मै कल आयो देबि दाईको तिमी कता छौ कहाँ बाट हो गाडी चड्ने भनेर ।
मैले इलामको गोलाखर्क बाट हो दाई भने , हामी संग जाने टोलीमा इलामका पर्यटन क्षेत्रमा काम गर्ने २५ सदस्य टोली थियो त्यसमा म संगै काम गर्नुहुने इलामका अग्रज पत्रकार विजयशेखर भट्टराई पनि हुनुभएकाले उहाँ संगै जाने र उहाँकै घर बाट गाडीमा चड्ने भनेर भने । त्यतिकैमा जाने समय पनि भयो र मेची राजमार्गमा विजय दाई र म इलाम बजार बाट आउने टोलीलाई कुर्दै बस्यौ यतिकैमा बिहानको साडे सात भयो तर यात्रा गर्ने टोली नआएपछि हामी संगै जानुहुने आयोजक टिमका प्रकाश चापागाई दाईलाई कल गरे उहाँले इलाम चोक बाट हिडेको बाटोमा बस्दै गर्नु ल भन्नुभयो ।
त्यति भन्दा नभन्दा हाम्रो टोलीको गाडी आईपुग्यो । तिन वटा गाडि रहेछन् सबै गाडि अधिपछि हुदै आए । बिजय दाई र म एउटै गाडिमा भने आटेनौ उहाँ अर्को म अर्कोमा परे गाडिमा । म चडेको गाडिमा भने चिनजानका हिसाबमा इलामका होटल ब्यबसायी प्रकाश चापागाई दाई , रबिन्द्र सुबेदी दाई ,यस्तै असिम पोख्रेल दाई ,समकालिन साथी प्रकाश घिमिरे, फाकफोकथुम बाट आउनु भएका उपेन्द्र पोडेल दाई र अन्य दुई जना मेरा लागि भने अपरीचित हुनुहुन्थयो प्रमोद खनाल र अजय कार्की तर एकै छिनमा हामी नजिकियौ र एउटा नजिकको साइनो कस्यौ । गाडिले आफ्नो रप्तार लिदै थियो ,सबैमा कौतुहल्ता थियो कतिबेला सिक्किम पुगिएला भन्ने ।
गाडिले भन्जयाङ,माइखोला ,फिक्कल हुदै कोल्बुङको कुटिडाँडा पुगेको पत्तै भएन ,यतिकैमा रबिन्द्र दाइले चिया पिएर मात्र अघि बडौ भन्ने प्रस्ताब राख्नुभयो हामी सबैले सहमत जनाउदै चिया पिउन थाल्यौ । यतिबेला सम्म ९ बजिसकेको थियो । यहाँबाट गाडिमा रमाइला रमाइला गफ गर्दै हाम्रो यात्रा तराइको समथल भुभाग तिर अधि बड्यो पहाडको चिसो बाट तराइको गर्मिमा झर्दा हामी सबैलाई पसिनाले भिजाईसकेको थियो । अगाडी सिटमा बस्नुभएका प्रकाश चापागाई दाईले तिन प्रकाश सबार गाडिमा रेला ठट्टा गरेर बाटो काटेको पत्ते भएन हामीलाई यतिकैमा हामी झापाको बिर्तामोड पुग्यो । हामी भन्दा अधि अन्य दुई गाडि पुगिसकेका रहेछन् ।
त्यहाँ झापा इलाम सम्पर्ग मन्चका साथिहरु संगको कार्याक्रमा हामीपनि सहभागी भयौ । उक्त कार्याक्रममा इलाम नगरपालिकाका मेयर केदार थापा पनि संगै हुनुहुन्थयो । करिब एक घण्टा सम्म चलेको कार्यक्रम पस्चात बिहानको खाना हामीले त्यही खायौ र हाम्रो यात्रालाई फेरी पुर्बी नेपाल को काकरभिट्टा तिर केन्द्रित गर्यौ । गर्मि अत्याधिक थियो उसैपनि हामी पहाडबाट गएका यसले पनि हामीलाई अलिक गार्हो बनाई रहेको थियो । काकरभिट्टा समेत पर्यटन ब्यबसायीहरुसंगको अन्तरकृया कार्याक्रम सकेर करिब २ बजे हामी भारत प्रबेश गर्यौ । मेची पुल हुदै पानीट्याकीमा गाडिको भारत प्रबेश गर्ने प्रकृया मिलाउनुपर्ने रहेछ ।
यति बेला बाट हाम्रो मोबाइले पनि काम गर्न छाडिसकेको थियो । जब हामीलाई भारतिय सिम आबस्यक थियो तर त्यो हामी संग उपल्ब्ध थिएन । सबारी चालक भाईले गाडिबाट ओर्लीएर सबै प्रकृया मिलाउन थाले , झन्डै आधा घण्टा हामी त्यही गाडि भित्र बस्नु पर्यो ,सबै प्रकृया मिलाउनजेल गाँडि छैबमा बेच्न ल्याएका फलफुल किनेर खायौ र डाईभरलाई कुरेर बसिरहयौ यतिकैमा डाईभर भाई सबै काम सकेर आए अनि एसियन हाईबेको यात्रा हाम्रो प्रारम्मभ भयो । बिभिन्न रमणिय स्थानको अबलोकन साथै बिचबिचमा देखिन गगन चुम्मी भबन अनि आखाँले भ्याए सम्म देखिने रेल हेर्दै हामी भारतको सिलिगुडि टेक्यौ । अब हाम्रो कार्यक्रम भएको स्थानमा पुग्नु थियो हामीलाई तर जाने बाटो थाहा थिएन । चालक पनि पहिले पटर रहेछन् भारत गएको यसैपनि हामीलाई गारो भयो ।
असिम सरले मोबाइलमा अफलाईन म्याम राख्नुभएको रहेछ यसैको साहारामा हामी कार्यक्रम स्थल पुग्यौ । र त्यो दिनको कार्याक्रमलाई सकेर हामीले सिलिगुडि नै बास बस्ने योजना बनायौ । सिलिगुडिमा भित्र एसिमा बस्दा त आन्नद नै थियो तर बाहिर निस्कदा तातो हाबाले हामीलाई एकै छिनमा आल्स्य बनाउथ्यो । सिलिगुडिको कार्यक्रम सक्दा झन्डै रातको ८ बजेको थियो २४,२५ जनाका लागि एउटै होटल ब्यब्स्थापन गर्न धेरै चुनौति बन्यो । देबिदाईले जसो तसो खोजेर होटल ब्यबस्थापन त गर्नु भयो तर सबैलाई बेड भने पुग्न गारे भयो । भुईमा म्याड ओच्छाएर भएपनि त्यो रात काट्नुपर्ने बाध्यता थियो हामीलाई ।
सबैलाई कोठा ब्यबस्थापन गर्दै जादा हामी गाडिमा भएका कोही कता कोही कता भयौ । यतिकैमा म भने अर्को गाडिमा रहनुभएका मरब इलाम क्यामपसमा सर तिर्थ खतिवडा र इलाम बजारमा होटल ब्यबसाय संचालन गर्दै आउनुभएका फेन्डस् हेटलका संचालन योगेन्द्र लावती दाई संग कोठामा बस्नुपर्ने भयो त्यो दिनको बसाई गर्मिमा भएपनि आन्नदकै भयो तिनै जना एसि खोलेर एउटै बेडमा सुत्यौ । धेरै थकान लागेर हो रात काटेको पत्तै भएन । भोलीपल्ट बिहान सबैरै उठ्यौ र कोठा बाट झरेर होटल अगाडी सबैजना भेला हुन बस्यौ । यतिकैमा सिलिगुडीमा रहेका अखबार साथै राष्ट्रिय दैनिकहरु आए त्यसमा हामी सहभागी भएको कार्यक्रमलाई निकै प्राथमिक्ताका साथ छापिएको रहेछ र सबैले फोटो खिचेर केहीले सामाजिक संजालमा समेत राख्यो ।
बिहानको ८ बजिसकेको थियो अब हाम्रो यात्रा थियो सिक्किमको । सबै जना गाडिमा चड्यौ र सिक्किम तर्फको यात्रा अगाडि बढायौ । तर हामीलाई बाटो थाहा नभएकाले असिम सरले गुगल म्याप हेर्दै हाइबे तिर डाइभरलाई डोहोर्याउनुभयो ।
बिस्तारै दिन ढल्दै थियो घामको तातो राप पनि सैगै बड्दै थियो । प्रकृतिको सौन्दर्य हेर्दै सिक्कितिर गाडिले यात्रा तय गरिरहेको थियो । सिलिगुडि भन्दा केही माथि उक्लिएपछि आहा बाटाघाटा, खेतबारी, बस्ती र त्यहाँका मानिस हेर्दा सबै नेपाल जस्तै लाग्यो् । हामीलाई नेपालमै यात्रा गरे जस्तो लागिरहेको थियो । हुन पनि किन नहोस् आखिर २०० वर्ष अगाडि यो नेपालकै भुभाग थियो । ‘अहिले पनि कहींकहीं एउटै परिवारका केही सदस्य नेपालतिर छन् भने केही भारतमा । अहिले देश मात्रै फरक हो मन त एउटै छ,’ चालक भाइले हसाउँदै हामीलाई सुरक्षित टिष्ठा नदि पु¥याए ।
जीपचालक इलाम चुरेघाटीका रहेछन् । ठाउँ जस्तै मान्छे पनि उस्तै रमाईला रहेछन् । टिष्ठा वरिपरिका दृश्य निकै सुन्दर र रमणीय थिए । टिष्ठा नदीको किनारै किनार सिक्किमको राङ्गपो गेट पुग्यौं । त्यहाँ पर्यटकले विशेष अनुमति लिनुपर्ने रहेछ । एउटी बहिनीले हामीलाई फारम भर्न सहयोग गरिन् । नेपाल भारतबीचमा खुला सिमाना छ ।
राङ्गपोबाट हामी सिक्किम प्रवेश ग¥यौ ं। घना जंगल र पहाडको बाटोहुँदै यात्रारत हामीले बडा आनन्द र रमाईलो लिइरहेका थियौ ं। पहाडी बाटो, बन जंगल र पूर्वीनेपालका जस्तै चिटिक्क परेका घर हुँदारहेछन् । घरहरू सफा र आँगनमा तुलसी र फूलहरू नभएको घर बिरलै देखिन्थे ।
सिक्किममा नेपाली, लेप्चा, तिब्बती, अंग्रेजी, हिन्दी र अन्य स्थानीय भाषाको चलन चल्ति भए पनि नेपाली भाषाको बढीनै चलन रहेछ । जताततै नेपाली भाषामा लेखेको देखिन्थ्यो । यति धेरै नेपाली भाषामा लेखेको नेपालमा पनि देखिएन् । नेपालमा अचेल धेरैजसो ठाउँमा नेपालीभन्दा अंग्रेजीमा लेख्ने चलन आएको छ । हामीहरुलाई नेपालमै भ्रमण गरिरहेको जस्तो भान भैरहेको थियो।
आजभन्दा लगभग २०० वर्ष अगाडि सिक्किम पनि नेपालकै भू–भाग थियो। हो, वि.सं.१८७२ (सन् १८१६) ताका नेपालको पश्चिमी सिमाना सतलज नदीसम्म थियो भने दक्षिणमा (भारत) बिहारको सिवान जिल्लासम्म र पूर्वमा टिष्टा नदीसम्म नेपाल थियो। हाम्रा पूर्खा युद्व गर्दै पूर्वमा यही टिष्टा नदीसम्म आएर खुँडा पखालेर फर्केका थिए।
भारतमा बेलायतीले स्थापना गरेको ईष्टईण्डिया कम्पनीको अंग्रेजी फौज र नेपाल अधिराज्यको गोरखा फौजबीचमा नेपालको सीमावर्ती विभिन्न स्थानमा वि.सं.१८७० (सन् १८१४) देखि एक वर्षभन्दा बढी समय युद्व (अंग्रेज–नेपाल) भएको थियो। युद्वमा कहीं नेपालको जीत भयो, कहीं बेलायतीको। सन् १८१६ को ४ मार्चमा नेपाल अधिराज्य र ईष्टईण्डिया कम्पनीबीच सुगौली सन्धि भयो। सन्धिमा उनीहरूले नेपाल भारतको सीमा तोके, जसमा नेपालले सिक्किमसहित लगभग एक तिहाई भूभाग गुमाउनु प¥यो । यस्तै यस्तै गफ गर्दै हामी सिक्किमको नाम्ची पुग्यौ र त्यो दिनको बास नाम्ची मै बस्यो ।
नाम्ची घुमेर हामी भोलीपल्ट सिक्किमको ग्यान्टोक गयौ । ग्यान्टोक पहाडमा तहतह गरि योजनाबद्ध रूपले बनाईएको रमणीय शहर रहेछ । बाटो घुमाउँदै लगेर माथिसम्मै पु¥याएका रहेछन् । बीचबीचमा सिँढीहरू बनाईएका रहेछन् ।
माथि पुग्दा बडा रमाईलो बजार रहेछ । त्यहाँ सवारी साधनलाई निषेध रहेछ । बजारको माझमा पार्क र बस्ने ठाउँ तथा दुवैतर्फ ठूला ठूला भवन थिए । भवनमा ब्राण्डेड कम्पनीका पसल, तारे होटल, बैंक, रेस्टुरेण्ट तथा अन्य पसल थिए ।
बेलुकी त्यहाँ थुप्रै पर्यटक रमाईलो हेर्न र खानाको स्वाद लिन् एवं किनमेलको लागि आउने रहेछन् । वातावरण निकै रमाईलो हुँदा ग्यान्टोक घुम्न आउने धेरैजसो त्यहीँ बस्ने रहेछन् । त्सदिनको कार्यक्रम सकेर हामी ग्यान्टोकमै बस्ने सल्लाह गर्यौ । पर्यटकीय सिजन भएर पनि होला होटल पाउनै मुस्कील बल्लतल्ल होटल त पायौ तर त्यतिधेरै ब्यबस्थित पाएनौ । तर पनि हामी मिलेरै बस्ने योजना बनायौ । सबैजना कोठामा झोला बिसाएर कोही आराम गर्नलाग्नुभयो त कोही घुम्न निस्कनु भयो । यतिकैमा हामी चार जना तिर्थ सर, योगेन्द्र दाई,राम रिमाल सर र म बाहिर घुम्ने र खाना खाने गरि ग्यान्टोकको चर्चित स्थना एम जि रोड गयौ , फोटो भिडियो खिचेर रमाइलोा गर्दै खाना खाएर कोठा तिर आइयो ।
रात निक्कै छिप्पी सकेको थियो । गर्मी र मच्छडले सुत्नै सकिएन , खाट पनि सानो भएकाले तिन जना आट्न निक्कै गारो । गलेर पनि होला सायद एक निन्द्रा सुत्नै पर्छ भनेर बेडमा नआटेर तिर्थ सर एउटा सिरक र तन्ना लिएर भुइमा सुत्ने निर्णय लिनुभयो ।
यतिकैमा थकानले लखतरान परेका हामी एकैछिन भएपनि जस्तै बेड भएपनि निदाइएछ । बिहानको २ बज्न लागेको रहेछ झसङ बिउझदा त तल्लो कोठाका साथीहरुपनि सुत्न नसकेर गफ गरिरहनुभएको आबाज आइरहेको थियो । यतिकैमा त्यो रात पनि बितएर हामी नेपाल फर्कने तय गर्यौ र भोलिपल्ट बिहानै ६ बजे जीपमा सिक्किमका डाँडाकाँडाको दृश्यावलोकन गर्दै यात्रा शुरू भयो। बाटोमा चालकसँग केही जानकारी लिने प्रयास ग¥यौ ं। सिक्किममा ट्राफिक नियमहरु निकै कडा रहेछ । यसले मादकपदार्थ सेवनमा धेरै हदसम्म हतोत्साह गरेको रहेछ। मादकपदार्थ सेवन गरि गाडी चलाएमा वा नियम उल्लंघन गरेमा तुरून्त कडा कानुनी कारवाही हुँनेरहेछ । उनले भन्दै थिए, ‘नेपालमा गाडी भद्रगोलसँग डरलाग्दो किसिमले हाँक्दा रहेछन् । ट्राफिक नियमहरु नेपालमा पनि कडा नभएका होईनन्, तर कसलाई कति कडा र कति नरम भन्ने मात्रै हो,’ चालक भाइले भने ।
चंगुताल (हिमताल), नाथुला पास पनि जान मन थियो, जो ग्यान्टोकबाट लगभग ४० किलोमिटरको दुरीमा रहेछ । तर, समय नभएकालो जान सकेनौ ।
डाँडामाथिबाट टाढासम्म देखिने गाउँ तथा खोलानाला निकै रमाइलो देखिन्थे । तर, एउटा अचम्मको कुरा के देखियो भने, नेपालका डाँडाकाँडामा जस्तो यहाँ कतै पनि अवैज्ञानिक रुपले बाटो खनेको पाईएन । न पहिरो गएकै देखियो ।
रम्फु नजिकै चिया नास्ताका लागि गाडी रोकिया े। खड्का परिवारद्वारा सञ्चालित होटल रहेछ । हामी नेपालबाट आएको भनेपछि निकै आत्मीयताकासाथ हेरे । मानौं कैयौं वर्षपछि हाम्रो भेट भइरहेको थियो । सिक्किममा प्रत्येक गाउँमा बाटो पुगेको छ, विद्यालय छन र खानेपानी तथा विद्युतको राम्रो ब्यवस्था छ । ठाउँठाउँमा पायक पर्ने ठाउँमा स्वास्थ्य चौकी छन् । जिल्ला अस्पताल निकै ब्यवस्थित र स्तरीय छन् । धेरै बस्तुमा केन्द्रीय सरकारद्वारा कर छुट गरि प्राप्त भएकोले सामान सस्ता छन् । चिया कफीसँगैको रमाईलो गफमा भुलेर हामीलाई नेपालमै भएको जस्तो लाग्यो। त्यहाँबाट हिँडेपछि दृश्यावलोकन गर्दै हामी दार्जिलिङहुँदै पुनः नेपाल प्रवेश ग¥यौं।
सिक्किमका ठाउँहरू हेर्दै आउँदा टिष्टा नदीको तटमा जहाँजहाँ फराकिलो ठाउँ छ त्यहाँ बलियो तटबन्ध निर्माण गरि ठूलाठूला औषधि तथा अन्य बस्तुका कारखाना सुरक्षित रूपले स्थापना गरि सञ्चालनमा रहेछन् । यस्मा सिक्किम सरकारको ठूलो सहयोग रहेछ । ठाउँठाउँमा ठूलाठूला स्कुल, कलेज र विश्वविद्यालय तथा सेनाका ब्यारेक रहेछन् ।
सानातिना खोलानालाको तटमा अवस्थित शहर बजार निकै सुरक्षित देखिन्थे । किनकि, नेपालमा जस्तै अध्ययन नगरि पहाडमा जथाभावी बाटो खन्ने निहुँले पहाड र नदीलाई क्षति पु¥याउने काममा त्यहाँ सरकारी स्तरबाटै बन्देज लगाईएको रहेछ । भौतिक र वातावरणीय अध्ययन गरेर मात्र निर्माण कार्य हुने भएकाले क्षतिको सम्भावना कम हुने रहेछ ।
ठाउँठाउँमा खोला नालाको छेउमा बलियो तटबन्ध वा फलामेबाटो बनाएर सर्वसाधारण हिँड्न सजिलो बनाईएको रहेछ । दुर्घटना नहोस् भन्ने हेतुले सार्वजनिक यातायातका साधन, स्कुल बस र मालबाहक ट्रकहरू साना आकारका हुँदारहेछन् । सवारीसाधन सन्तुलित गतिमा हाँक्ने रहेछन् । त्यसैले होला यात्राको दौरान बाटोमा कहीँ दुर्घटना देखिएन् । असजिलो ठाउँहरुमा पहाड खन्नुभन्दा सुरूङ बनाएर सडक र रेलमार्गको निर्माण कार्य भइरहेको रहेछ । छिटै ग्यान्टोकसम्म रेल आउने योजना रहेछ । यसको लागि आवश्यक मार्ग र सुरूङहरू लगभग तयार भइसकेका रहेछन्।
त्यहाँको विकास देख्दा नेपालमा बाटो बनाउने र सुरूङ खन्ने जस्ता विकासका कामह गर्न सजिलै होला जस्तो लाग्छ । तर, शिथिलता किन? हामीकहाँ कुरा र भाषणको मात्रै धेरै विकास भयो। कमिसनको कुरो नमिली नेतालेनै विकासलाई अगाडि बढ्न दिँदैनन् ।
कुरा सुन्दा सिक्किममा केही नेताहरु यस्ता रहेछन्, जसलाई जनताले पटक पटक भोट दिएर जिताउने रहेछन ्। किनभने उनले जनताको लागि विकासका धेरै काम गरेर देखाएका रहेछन ्।
समग्रमा हेर्दा नेपालको भन्दा सिक्किमको भुगोल केही कठिन भए पनि नेपालको तुलनामा थोरै समयमा धेरै नै प्रगति भएको ज्वलन्त उदाहरण देख्न पाउँदा मनमा बारम्बार प्रश्न उठिरहेका थिए र हामी यसबारे गन्थन गरिरहेका थियौं ।
नेपालको भुगोल सिक्किमको जस्तै भएकोले सिक्किमको विकासको ढाँचा नेपालमा पनि सम्भव र अनुकरणीय होला जस्तो लाग्छ। सिक्किमको विकासको गति हेर्दा हाम्रा देशका नेता, जनप्रतिनिधि तथा सम्बन्धित क्षेत्रका कर्मचारीलाई अवलोकन भ्रमणमा तेस्रो मुलुकमा पठाउनुभन्दा सिक्किम पठाउन पाए निकै लाभप्रद हुने थियो।