गोलाखर्क बासिको सिचाईको सपना पूरा हुँदै, २४ बर्षपछि खेतबारीमा आईपुग्यो पानी

  नयाँ बुलन्द
679 Shares

गोलाखर्क : इलामको गोलाखर्कमा लामी दुवाली सिचाइ आयोजनाको कुलो निर्माण कार्य सम्पन्न भएको छ । वषौँ देखी सिंचाईका लागी कुलोको अभावमा रहेका किसानहरु अब भने सिंचाई गर्न पाउने भएका छन् । ९९ लाख लागतमा कुलो बने पछि किसानले सिंचाई गर्न पाएका हुन्। संघीय ,प्रदेश र स्थानीय सरकार बाट बिनियोजित बजेटबाट उक्त आयोजना सम्पन्न भएको आयोजना उपभोक्ता समितिका सचिब सुरेन्द्र चौहानले बताए ।

उक्त कुलोबाट यस क्षेत्रका ८६ घर लाभान्वित भएका छन्। २०५६ सालमा खनिएको कुलो एकपटक संचालन भएपस्चात बिबाद उत्पन्न भएर सिचाइ सुबिदाबाट स्थानिय बन्चित बन्न पुगेका थिए । तर अहिले २४ बर्ष पछि स्थानिय जनप्रतिनिधिको पहलमा उक्त आयोजनाले पुर्णता पाएको हो ।

करिब ६ किलोमिटर पक्की कुलो बने संगै सुक्खा समयमा कुलोको पानीलाई प्रयोग गरेर सिचाइ गर्न सकिने भएको छ ।  यता वडा अध्यक्ष गोपाल चौहानले भने आफू जनप्रतिनिधि बन्ने बेलामा सिचाइ सुबिधा ल्याउने प्रतिबद्धता जनाए अनुरुप काम गरेको र उक्त आयोजना सफलतापुर्बक सम्पन्न गरेको बताए । उनले आयोजना सप्पन्न गर्ने सहयोग गर्नेलाई धन्यवाद समेत दिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार