इलाम : सूर्याेदय नगपालिकाकाे तेह्रौं नगरसभाकाे तेस्रो बैठकमा नगरपालिकाले बनाएको ऐनकाे संशोधन प्रस्ताव र प्रतिवेदन पेश भएकाे छ । नगरप्रमुख रणबहादुर राईकाे अध्यक्षतामा भएकाे बैठकमा सूर्याेदय नगरपालिकाकाे संघ संस्था दर्तासम्बन्धि ऐन २०७४ लाई प्रतिस्थापन गर्न बनेकाे विधेयक २०८० पेस भएकाे छ । सभामा विधेयक समितिका संयोजक उर्गेन बम्जनले प्रतिस्थापन विधेयक पेश गरेका थिए । त्यस्तै सूर्याेदय नगरपालिकाकाे सार्वजनिक निजी साझेदारी ऐन २०७४ लाई प्रतिस्थापन गर्न बनेकने विधेयक २०८० पेस भएकाे छ । भौतिक पूर्वाधार विकास समिति संयाेजक पेमा उर्गेन लामाले प्रतिस्थापन विधेयक सभामा पेश गरेका थिए ।
बुधबार बसेकाे सभामा केहि स्थानिय ऐनलाई संशोधन गर्न बनेकाे विधेयक कार्यपालिका सदस्य ख्याम भुजेलले पेस गरेका छन् । सभामा पेस भएको केही स्थानीय ऐन संशाेधन प्रस्ताबले नगरपालिकाकाे आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन २०७४, सूर्याेदय नगरपालिकाकाे स्थानीय कृषि व्यवसाय प्रवर्द्धन गर्न बनेकाे ऐन २०७४, सूर्याेदय नगरपाकाकाे खानेपानी व्यवस्थापन ऐन २०७६ र सूर्याेदय नगरपालिकाकाे प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७४ मा रहेका केही प्रावधानलाई संशोधन गर्ने प्रस्ताव गरेको छ ।
सभामा उपप्रमुख दुर्गा कुमार बरालले न्यायीक समितिको र अनुगमन तथा सुपरिवेक्षण समितिकाे प्रतिवेदन पेस गरेका छन् । सभामा आर्थिक विकास समितिका संयोजक देवेन्द्र शर्माले सूर्याेदय नगरपालिकाकाे आवधिक योजना २०७७/०७८-२०८१/०८२ काे मध्यावधि समिक्षाकाे प्रतिवेदन र सार्वजनिक लेखा समितिका संयाेजक गणेश कुमार खड्काले सूर्याेदय नगरपालिकाकाे आ व २०७८/०७९ काे अन्तिम लेखापरीक्षण प्रतिवेदन सभामा पेस गरेका थिए ।
नगरसभाकाे अर्काे बैठक असार ९ गते पुन बस्नेगरी स्थगित भएको छ । नगरसभाकाे तेह्रौ अधिवेशन बैशाख ८ गतेदेखि शुरूभएकाे हाे ।