माङसेबुङ गाउँपालिकाले पाँचथर र ताप्लेजुङलाई ५०/५० हजार सहयोग गर्ने

  नयाँ बुलन्द
301 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले विपदबाट संकटग्रस्त पाँचथर र ताप्लेजुङलाई ५०/५० हजार सहयोग गर्ने भएको छ ।

गाउँपालिका अध्यक्ष हेमन्त राईले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला विपद व्यवस्थापन समिति पाँचथर र ताप्लेजुङलाई सहयोग ५०/५० हजार सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

विज्ञप्तिमा विपद व्यवस्थान गर्ने प्रयोजनार्थ तत्कालका लागि गाउँपालिकाको तर्फबाट सहयोग गर्ने जनाइएको छ ।

यसैबीच माङसेबुङ गाउँपालिकाले मनसुनी वर्षाबाट हुने क्षतिबाट बच्न सबैले उच्च सावधानी अपनाउन अपिल समेत गरेको छ ।

केही दिनयता भएको मनसुनी वर्षाले पाँचथर र ताप्लेजुङमा मानवीय क्षति हुनका साथै भौतिक संरचनाहरु भत्किएर संकटग्रस्त बनेको छ  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार