इनपा ९ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

  नयाँ बुलन्द  266 पटक हेरिएको

इलाम : इलामको इलाम नगरपालिका ९ नं. वडा कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम शनिबार सम्पन्न भएको छ । वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रमा सम्पन्न गरेको छ ।

वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा राजनैतिक दल, टोल विकास संस्था, सामाजिक संघसंस्था, गैरसरकारी संस्था, उपभोक्ता समिति, सहकारी संस्था, सामुदायिक वन, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, आदिवासी जनजाति, महिला, दलित, बालबालिका, युवा, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति एवम् सबै लक्षित वर्ग, नागरिक समाज, समाजसेवी, बुद्धिजीवि, संचार जगतलगायत सेवाग्राही र सरोकारवाला वडाबासीलगगयतको उपस्थिती रहेको थियो । कार्यक्रममा  सेवाग्राहीले प्रत्यक्ष रुपमा चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।

सेवाग्राहीको प्रश्नको जवाफ वडा अध्यक्ष गोपाल चौहान वडा सचिव अर्जुन थापा लगायतले दिएका थिए ।उनीहरुले सेवाग्राहीको प्रश्न र सुझावलाई सम्पतिको रुपमा ग्रहण गर्दै आगामी दिनमा कार्यान्वयन गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाए । वडाअध्यक्ष चौहानले सबै प्रश्नकर्ता र सुझावकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै सेवाग्राहीको सुझावलाई अनुसरण गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए ।

कार्यक्रमको उदेश्यसहित स्वागत वडा सचिव थापाले गरेको कार्यक्रममा वडाको विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाह सम्बन्धमा भएका प्रगति वडाअध्यक्ष चौहानले प्रस्तुत गरेका थिए ।कार्यक्रममा दुईसय बडिको सहभागीता रहेको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार