नेपाल प्रेस युनियन इलामको अध्यक्षमा पाण्डे

  नयाँ बुलन्द
672 Shares

इलाम : नेपाल प्रेस युनियन इलामको अध्यक्षमा सविता पाण्डे निर्वाचित भएकी छन् ।

शनिबार इलाम सदरमुकाममा सम्पन्न युनियनको नवौं जिल्ला अधिवेशनबाट पाण्डे अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् ।

पाण्डे यसअघि पनि अध्यक्ष थिइन् । तत्कालिन अध्यक्ष विप्लव भट्टराई नेपाल पत्रकार महासंघ इलामको अध्यक्षमा निर्वाचित भएपछि पाण्डेले युनियनको अध्यक्ष सम्हालेकी थिइन्  ।

अधिवेशनबाट उपाध्यक्षद्वयमा सुनिता राई र सुनिता मगर, सचिवमा प्रकाश नेपाल, सहसचिवमा कमला थापा र कोषाध्यक्षमा हरि असिम अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यहरुमा लिलाप्रसाद थापा, रोशन बुढाथोकी, शिवकुमार थापा, दुर्गाभवानी पोख्रेल, मनिस बस्नेत, बालकृष्ण बस्नेत, लोकेश भट्टराई र विकास न्यौपाने निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार