समुदाय र विद्यालय बीचको सम्बन्ध बढाउन फाल्गुनन्द गाउँपालिका प्रयत्नशील

  युद्धबहादुर बोहोरा
49 Shares

पाँचथरः शिक्षा क्षेत्रमा राज्यको लगानी प्रसस्त भएता पनि देशका हरेक सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या गिर्दो अवस्थामा छ । भौतिक संरचना ,दक्ष शिक्षक,पर्याप्त राज्यको लगानी हुदाँ समेत विद्यार्थीको आकर्षण सामुदायिक विद्यालयमा किन ? कम्जोर बन्दै गएको छ भन्ने चिन्ता र समसामयिक सवाल दिनहुँ वसहको विषय भएको छ । यसमा राज्य पक्ष,शिक्षक,विद्यार्थी र अभिभावक मध्ये कुनै एक पक्ष मात्रै दोषी छ भनेर अरु सरोकारवाला उम्कन मिल्दैन । बरू,हरेक समस्याको अध्ययन ग्राँसरुटबाटै गर्नसके सहि उपचार खोज्न र समाधान गर्न सहयोग मिल्छ भन्ने मान्यतालाई आधार मानेर ज्ञान ञ्ज सिर्जनशील प्रतिष्ठान,इलामले ग्रामीण स्तरमा शिक्षा क्षेत्रसंग सम्बन्धीत विभिन्न कार्यशाला गोष्ठी,तालिम,प्रशिक्षण र सहजीकरणका कार्यक्रमहरु संचालन गर्दै आएको छ । यसैबीच,यस प्रतिष्ठानले फाल्गुनन्द गाउँपालिका शिक्षा शाखाको आयोजनामा पालिकाका ४० वटा सामुदायिक विद्यालयको स्तरोन्नतिमा व्यवस्थापन समिति अध्यक्षहरुको भूमिका विषयक दुई दिने गोष्ठी मंगलबार सम्पन्न गरेको छ ।

संघीय शिक्षा ऐन,नियम र स्थानी शिक्षा नियमावली बारे जानकारी समेत गराउँदै ऐन,नियमले विव्यस अध्यक्षहरुबाट के आसा र अपेक्षा गरेको छ । के गर्दैछौं र के गर्नु पर्छ ? विद्यालयको लेखा व्यवस्थापनको क्षेत्रमा जान्नै पर्ने कुराका,विव्यसको काम,कर्तव्य र अधिकार,विद्यालयमा हुने योजना तर्जुमा र कार्यान्वयन गर्न के गर्नु पर्दछ? लगायतमा सहजीकरण गराइएको शिक्षा शाखा प्रमुख बाबुराम राईले जानकारी दिए । पालिकाको शिक्षा शाखले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा सहयता पुर्याउने उदेश्यले विभिन्न तालिम,गोष्ठीसहित यसअघि पनि विद्यार्थी र अभिभावक प्रोत्साहन तथा सवै विद्यालयका प्रधानध्यापकहरुसंगको अन्तरक्रिया संचालन गरिसकेको उनले बताए । विव्यस अध्यक्षहरुको सहभागीता रहेको यस गोष्ठीमा प्रतिष्ठनका अध्यक्ष खडानन्द अधिकारी,प्रशिक्षक पूर्ण प्रसाद गौतम,प्रतिनिधि जयनारायण भट्टराई,लोक गायक तथा संस्थाका प्रतिनिधि देवी गौतमले सहजीकरण गरेका थिए । प्रशिक्षणमा जेनेरेशन ग्यापले परिवार र समाजमा हुने असमझदारी र त्यसका केही उपायबारे परामर्श,पुस्तान्तरण बारेमा जानकारी,अभिभावक शिक्षा सम्बन्धी छलफल,विद्यालयहरूको शुक्ष्म विषेशण कसरी गर्न सकिन्छ । विद्यालयहरुमा बालमैत्री शिक्षण, क्रियाकलापमा आधारित सिकाइ,शिक्षामा नयाँविधि र प्रविधिको बारेमा जानकारी गराएका थिए ।

२०७६ साल असोज १४ गते सेवा प्रदायक संस्थाको रुपामा स्थापना भएको यस संस्थामा सेवानिवृत्त शिक्षकहरु र हुन बाँकी रहेका केहि शिक्षकहरूद्वारा सञ्चालन भएको छ ।संस्थाले आवश्यकता अनुसार शिक्षण,प्रशिक्षण,सहजीकरण,अन्वेषण र सिर्जनशीलताको संयोजन गर्ने उद्देश्यले स्थापना भएको हो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभटी)बाट तीनवटा अल्पकालीन तालिम लिन भनेर सम्बन्धन प्राप्त गरेको छ । लेखापढी व्यवसायी,गायन र मनोसामाजिक परामर्श तीनवटा विषयलाई सम्बन्धन दिएको छ । यस संस्थाले स्थानीय पाठ्यक्रम निर्माणमा विशेष भूमिका खेल्दै आएको जनाइएको छ ।

 

जबसम्म विद्यालय र समुदाय बीचको सम्बन्ध सुमधुर हुँदैन, तबसम्म विद्यालयको उन्नती हुँदैन भन्ने कुरालाई मध्यनजर गर्दै यस विषयमा सरोकारवालसंग छलफल गर्न पालिकाले पहल गरेको पालिका अध्यक्ष बृजहाङ आङ्देम्बेले बताए । शिक्षालाई समुदायस्तरबाट सुधार गर्न सके स्थानीय क्षेत्रबाट उच्च शिक्षा हाँसिल गर्न गाउँबाहिर जानुपर्ने वाध्यता अन्त्य हुने भएकाले यस कुरामा सबैको ध्यानकेन्द्रित गर्न उपाध्यक्ष ठाकुरसिं नेम्बाङले गोष्ठीमा सहभागीहरुलाई सल्लाह दिए । ४० वटा पालिका भित्रका विद्यालयमा २८० जना सदस्य विव्यसमा रहेको ,नेपाल सरकारको स्वीकृत दरबन्दीमा २४८ शिक्षक,२४ जना मातृभाषा शिक्षक, २० जना स्वयं सेवक शिक्षक,४० जना बाल शिक्षामा र ११ जना संघ र प्रदेशबाट अनुदान गरी जम्मा पालिका भित्र ३४३ जना शिक्षक रहेको प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोकले जानकारी दिए । करीब पाँच सय जना कर्मचारी पालिका भित्र रहेको बताए । सबै कर्मचारीले समुदायसम्म सामुदायिक विद्यालयलाई सुधार गर्ने आफ्नो ठाउँबाट पहल गर्नु पर्ने सन्देश पुर्याउन पनि आग्रह गरे । विगतमा विद्यार्थी संख्याको चापले कक्षाकोठा खाली खाँचाखाच हुन्थे तर आजकाल भुतबंगाला जस्तै भवनहरु खाली हुन थालेको बताए । हाल सामुदायिक विद्यालयमा चार हजार पाँचसको सेरोफेरोमा मात्रै विद्यार्थी संख्या पालिकास्तरमा हुनु भनेको निक्कै न्युन संख्या भएको उनले जानकारी गराए ।

गम्भीर भएर देशकै शिक्षा नियामवलीलाई परिमार्जित गरी विज्ञहरुको परामर्शमा समय सापेक्ष व्यवहारिक र फलदायी शिक्षा प्रणाली अपनाउन सके शिक्षामा आमुल परिवर्तन आउने सवर्त्र चर्चा चुलिएसंगै प्राविधिक शिक्षालाई केही हदसम्म देशका विभिन्न स्थानमा विस्तार गर्न थालिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार