बालबालिका क्षमता विकास तालिम

  नयाँ बुलन्द
0 Shares

इलाम : इलामको माङसेबुङ गाउँपालिका-४, स्थित मार्चेबुङमा बालबालिका क्षमता विकास सम्बन्धी तीन दिवसीय तालिम सकिएको छ ।

माङसेबुङ गाउँपालिका ४ नं. वडा कार्यालय मार्चेबुङको सहयोगमा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको आयोजनामा संचालित तालिम आइतबार सकिएको हो ।

तालिममा ३१ जना बालबालिकाहरुको सहभागिता थियो । तालिमका सभागीहरुलाई मानव अधिकार मंच नेपाल नेपाल इलामका सहजकर्ता गायत्री थेगिम र रुद्र थेवेले सहजीकरण गरेका थिए ।

आयोजक बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका अध्यक्ष राम योङहाङ र वडा अध्यक्ष नविन योङहाङको प्रमुख आतिथ्यतामा भएको तालिमको समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष योङहाङले आगामी दिनमा समेत बालबालिकाको क्षेत्रमा आफ्नो तर्फबाट सहयोग रहने प्रतिवद्धता जनाएका थिए ।

वडा सचिव इश्वर दाहालले संचालन गरेको कार्यक्रममा सहजकर्ता थेवे समेतले मन्तव्य राखेका थिए ।

माङसेबुङ गाउँपालिका ४ नं. वडाले वडा सिलिङबाट बालबालिका क्षेत्रमा बजेट विनियोजन गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार