सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी  र उत्कृष्ट अभिभावकलाई सम्मान

  युद्धबहादुर बोहोरा
644 Shares

पाँचथरः शैक्षिक सत्र ०७८ मा कक्षा १० र १२ मा सर्वोत्कृष्ट अङ्क ल्याउने चार जना विद्यार्थीलाई फाल्गुनन्द गाउँपालिकामा नगद पुरस्कारसहित शुक्रबार सम्मान गरिएको छ ।

सम्मानित हुनेहरुमा कक्षा १० का उत्कृष्ट अंक ल्याउने घुर्विसे पञ्चमी माध्यमिक विद्यालयका विशाल चेम्जोङ,१२ कक्षामा विष्णु नेम्वाङ र कक्षा १० मा उत्कृष्ट अंक ल्याउने जयनारायण आदर्श माध्यमिक विद्यालयबाट रिया निरौला साथै कक्षा १२ का राजन धमला रहेका छन् । उनीहरुलाई जनही ११ हजार रुपैंया र कदरपत्र प्रदान गरेको शिक्षा शाखा प्रमुख बाबुराम राईले जानकारी दिए ।

खच्किन्दै गरेको सामुदायिक विद्यालयको शैक्षिक स्तरलाई अभिवृद्धि गर्न र विद्यार्थीको आकर्षण बढाउन टेवा मिल्ने  उदेश्यले ४० वटा सामुदायिक विद्यालयका अभिभावकलाई पनि सम्मान गरिएको  छ । यस वर्षदेखि शैक्षिक क्षेत्रमा सरोकार राख्ने अभिभावकलाई पनि प्रोत्साहन गर्न थालिएको उनले बताए ।

ज्येष्ठ प्रधानध्यापक नरेन्द्र प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण तथा सम्मान कार्यक्रम पालिका अध्यक्ष बृजहाङ आङ्देम्वे तथा विशेष अतिथि उपाध्यक्ष ठाकुरसिं नेम्बाङको आतिथ्यतामा भएको थियो । पछिल्लो समय जन्मदर कम,सुविधायुक्त ठाउँमा मानिसको आकर्षण बढ्दोलगायत विभिन्न कारणले ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थी न्युन रहेको र यसमा कसैको दोष नभएको अतिथिद्वय आङ्देम्वे र नेम्बाङले बताउँदै सम्मानितहरुलाई थप प्रगतिको शुभकामना दिए ।

पालिका भित्रका अधिकांश विद्यालयको भौतिक अवस्था राम्रो भएको र थोरै विद्यालयमा मात्रै विद्यार्थी संख्या सन्तोषजनक र गुणस्तर शिक्षा दिने प्रयासलाई सबैले अनुकरण गर्न सुझाव दिए । पालिका स्तरीय विभिन्न क्रियाकलापमा कतिपय विद्यालयहरु सहभागी नहुँदा विद्यार्थीले नयाँ कुरा सिक्ने अवसरबाट वञ्चिन भएकोले हरेक गतिविधिमा चासो राख्न आग्रह गरे । सरोकारवाला सबैले शैक्षिक क्षेत्र प्रति जिम्मेवार बनेर प्रतिस्प्रधात्मक तरीकाले गुणस्तर शिक्षा बृद्धिमा पहल गर्न अपिल गरेका छन् । आगामी दिनमा उत्कृष्ट प्रधानध्यापक छनौट गरी पुरस्कृत गरिने जानकारी गराए ।

सवै विद्यालयका प्रधानध्यापकको तर्फबाट सिद्ध देवी मावि नवमीडाँडाका शिक्षक बिरेन्द्र खड्काले  सम्मानित अभिभावक र विद्यार्थीलाई शुभकामना दिंदै उत्कृष्ट अभिभावक छनौट कसरी गरियो । सामुदायिक विद्यालयको वर्तमान अवस्था कस्तो छ । शिक्षाकर्मीको तर्फबाट गुणस्तर सुधार गर्न के ?गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुँदै आफ्ना भनाइ राखेका थिए । अभिभावकको तर्फबाट बलबिक्रम नेम्बाङले अनुभव सुनाए । यसै क्रममा पठनपाठनमा एकरुपता ल्याउने लक्ष्यसहित शिक्षा शाखाले प्रकाशन गरेको  शैक्षिक पात्रो-२०८० सार्वजनिक गरेपछि सबै विद्यालयलाई वितरण गरिएको छ ।

विद्यालयले गुणस्तर शिक्षा दिनसके जुनसुकै ठाउँमा विद्यार्थीको अभाव नहुने भन्दै हरेक विद्यालयले यसतर्फ कसरत गर्न पालिकाका प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोकले सुझाव दिए । केही विद्यालयमा विद्यार्थी संख्या शुन्य रहेकाले  दर्वन्दी मिलानको प्रकृया थालिने जानकारी गराए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार