हक अधिकार र कानुन सम्बन्धी आदिवासी जनजातीलाई प्रशिक्षण

  युद्धबहादुर बोहोरा
84 Shares

 

पाँचथरः फाल्गुनन्द गाउँपालिकामा आदिवासी जनजातीको हक र विद्यमान ऐन कानुन सम्बन्धी तीन दिने सचेतना कार्यक्रम विहिवार सम्पन्न गरिएको छ ।

पालिकाको आर्थिक सहयोग र जनहित केन्द्र फिदिम,पाँचथरको आयोजनामा संचालित प्रशिक्षणमा सातै वडाबाट ४५ जना सहभागी थिए । सहजकर्ता  रिन्जी शेर्पा,चन्द्र कुमार आङदेम्बे र दिपेन्द्र तुम्बापोले  नेपालको संविधानमा आदिवासी जनजातीको बारेमा उल्लेख भएका अधिकार,रैथाने जनजातीको हकको उपयोग,अवस्था,चुनौती,कानुनी प्रावधान र नेपालमा विद्यमान जनजातीको अवस्था सम्बन्धी प्रशिक्षण दिइएको आयोजक संस्थाका अध्यक्ष विजयबोध लावतीले जानकारी दिए ।

उनीहरुको आर्थिक,सामाजिक तथा साँस्कृतिक विकास,राजनीतिक सशक्तीकरण र मौलिक हक अधिकारलाई आगामी दिनमा कसरी व्यवस्थित गर्न सकिन्छ साथै आइएलओ महासन्धी १६९ लगायतका बारेमा जानकारी गराइएको उनले बताए ।

वडानम्बर ५ का अध्यक्ष बिष्णुकुमार चेम्जोङको प्रमुख आतिथ्यतामा समापन भएको कार्यक्रममा कार्यपालिका सदस्य विमला सदेम्बा,किराँत याक्थुङचुम्लुङ पालिका अध्यक्ष भगीरथ चेम्जोङलगायतको उपस्थिति  रहेको थियो । संस्थाले सहजकर्ता,वडाध्यक्ष र गाउँपालिकालाई मायाको चिनो र कदरपत्र प्रदान गरेको थियो भने सहभागीलाई अथितिबाट सहभागीलाई प्रमाणपत्र हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष लावतीले बताए ।

२०६६ सालमा स्थापना भएको यस संस्थाले आदिवासी जनजातीको हक अधिकार,तालिम,प्रशिक्षण साथै विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार