भारतीय पर्यटक बोलाउन हिँडे इलामेली पर्यटन व्यवसायी

  नयाँ बुलन्द
504 Shares


बिर्तामोड : इलाममा भारतीय पर्यटकको आगमन बढाउने उद्देश्यका साथ इलामेली पर्यटन व्यवसायी भारत प्रस्थान गरेका छन् ।

इलामका पर्यटन ब्यबसायीको  आयोजनामा इलामको पर्यटन प्रबर्द्धनका लागी २२ सदस्यीय टोली भारतको सिलगुडी सहित सिक्किममा त्यहाँका पर्यटन व्यवसायीको साझा संस्थासङको कार्यक्रममा सहभागी हुनेछ ।

भारतका पर्यटन व्यवसायीसँग व्यावसायिक साझेदारीका विविध पक्षबारे व्यापक छलफल गरिने इलामका पर्यटन ब्यबसायी एबम होटल ब्यबसायी संघ इलाम अध्यक्ष देबि पौडेलले  जानकारी दिए ।

पौडेलका अनुसार इलामसँगको पर्यटनमा साझेदारी गर्ने उद्देश्यका चलो इलाम कार्यक्रमको तय गरिएको जानकारी दिए ।

भारतका उत्तरपूर्वी राज्यबाट इलाम आउने क्रम पनि वर्षेनी बढ्दै गएको जानकारी दिँदै अध्यक्ष पौडेलले नेपाली भाषीको बाहुल्य रहेको त्यो ठाउँ नेपालको धर्म संस्कृतिसँग पनि उत्तिकै मिल्ने भएकाले पर्यटकीय साझेदारीका धेरै सम्भावना रहेको बताए ।

आगामी जेष्ठ २८ गतेसम्म हुने प्रवद्र्धनात्मक भ्रमणमा भारतको सिलगुडी,सिक्किम ,कालेङ्पुङ लगायतका शहरमा इलामको पर्यटन प्रवद्र्धन गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार