तेह्रथुम, जेठ
तेह्रथुममा विश्व वातावरण दिवश तेह्रथुमको विभिन्न स्थानमा वृक्षरोपण कार्यक्रम गरी मनाइएको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका वृक्षरोपण कार्यक्रम गरिएको छ । प्लाष्टिक जन्य प्रदुषण निर्मुल पारौ वातावरण मैत्री विकल्पको उपयोग गरौ भन्ने मुल नाराका साथ म्याङलुङ ९ को शाव्ला हलिमेला देखी म्याङलुङ वसपार्क सम्म मध्यपहाडी लोकमार्गको दाँयाबाया वृक्षरोपण गरिएको छ । ९ नं वडा कार्यलय , पुष्पलाल मध्यपहाडी आयोजना र कबुलियती वन जिल्ला महासंघ तेह्रथुमले वृक्षरोपण गरेको छ । म्याङलुङ नगरप्रमुख सञ्जयकुमार तुम्वाहाङफे,प्रमुख जिल्ला अधिकारी कृण्ण पौडेल, प्रहरी नायव उपरिक्षक राजन चाँपागाई , शत्रुमर्दन गुल्मका गुल्मपती विप्लप थापा ,निमित्त डिभिजन वन अधिकृत त्रिभुवन शाह,ससस्त्र प्रहरी नायव उपरिक्षक कविराज वस्नेत ,९ नं वडा अध्यक्ष राकेस कुमार लिम्बु,लगायत स्थानियवासीको सहभागीतामा वृक्षरोपण कार्यक्रम भएको छ । सडकका दाँयाबाया कल्की ,गुराँस ,धुपी ,सल्ला लगायतका विरुवा रोपिएको छ ।