बहिनी पाथीभरा मन्दिरकाे हिसावकिताब सार्वजनिककाे माग गर्दै पालिकालाई ध्यानाकर्षण पत्र

  नयाँ बुलन्द
126 Shares

इलाम :  बिभिन्न राजनीतिक दलले मंगलबार इलामको रोङ गाउँपालिकालाई कुट्टीडाँडामा रहेकाे बहिनी पाथीभरा मन्दिरकाे हिसावकिताब  सार्वजनिककाे माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । पाथीभरा संरक्षण संस्थाले गाउँपालिकालाई हिसाव नबुझाएको भन्दै नेपाली कागंेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र ,राष्ट्रिय स्वतन्त्र पार्टी  र नेकपा एकीकृत समाजवादी रोङ गाउँ कमिटिले गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोलाई पारदर्शी रुपमा पाथीभराको हिसाव सार्वजनिक गर्न माग गर्दै ध्यानाकर्षण गराएका हुँन ।

ध्यानाकर्षण पत्र बुझाउदै स्थानीय राजनीतिक दलले दाताले चढाएको भेटीमा समेत घोटला भएको भन्दै छिटो छानविन गरी सार्वजनिक गर्न माग गरिएको नेकपा एकीकृत समाजवादी कोशी प्रदेश सदस्य बृहस्पती खतिवडाले जानकारी दिए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीले थालेको राम्रो कामलाई पालिकाका सबै राजनीतिक दलले साथ दिएको बताए ।

ध्यानाकर्षण पत्रमा राष्ट्रिय स्वतन्त्र पाटीका रोङका अध्यक्ष मिलन चाम्लिङ ,नेकपा एमालेका अध्यक्ष खड्ग आले , नेकपा समाजवादी(एस)का रोङ अध्यक्ष सम्भु दाहाल लगायत नेपाली कागंेसका प्रतिनिधले ,माओवादी केन्द्रका प्रतिनिधले हस्ताक्षर गरेका छन । ध्यानाकर्षण पत्रमा पाथीभराको हिसाव सार्वजनिक गराउन पालिकालाई माग गर्दै सबै राजनीतिक दलले गाउँपालिकाले पाथीभरालाई पारदर्शी रुपमा संचालन गर्न माग गरेका छन ।

राष्ट्रिय स्वतन्त्र पार्टी रोङका अध्यक्ष मिलन चाम्लिङले पाथीभरा जस्तो पवित्र संस्थामा घोटला भैरहदा पालिकाले आफनो मातहतमा पाथीभरा ल्याएर छाविन गर्न जिल्ला प्रशासन कार्यालय इलामलाई आग्रह गर्दा जिल्ला प्रशासन कार्यालय समेत प्रभावमा परेको बताए ।
गाउँपालिकाले केहि समय अघि कानुन निर्माण गरी कार्यपालिकाबाट पास गरेर पाथीभरामा नयाँ समिति निर्माण गरेर पाथीभरालाई गाउँपालिकाको मातहतमा ल्याएको थियोे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार